मनोरञ्जन शर्मा
भैरहवा
उमेरले ५ दशक पुरा गरेका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ७ का अनमोल शर्माले असोज महिनादेखि घरकै छतमा बट्टाई पालन गरेका छन् । कुखुरा पालनमा भन्दा कम मेहनत, थोरै ठाउमा पनि गर्न सकिने र थोरै समयमै प्रतिफल राम्रो दिने भएकाले बट्टाई पालन सुरु गरेको शर्माको भनाई छ ।
सिद्धार्थनगरको मैत्रीपथमा फेन्सी पसल गर्दै आएका मनोज अर्यालले फेन्सी पसलकाम बन्द गरी डेढ महिनादेखि बट्टाई पाल्न सुरु गरेका छन् । आफ्नै घरमा पाल्न सकिने, ठूलो जमिन आवश्यक नपर्ने, मेहनत कम र बजार पनि राम्रो भएकाले फेन्सी पसल बिक्री गरी अहिले बट्टाई पालन गर्दै आएको छु । मैले अहिले सिद्धार्थनगर गल्लामण्डी स्थित आफनै घरमा प्यारेन्टस २ सय र जम्बो ५ सय वटा पालेको छु । अण्डा पार्न सुरु भैसकेको छ, अर्यालले भने ।
अनमोल शर्माले दैनिक १ सयको हाराहारीमा आफुले पालेका बट्टाइले अण्डा दिन सुरु गरेको र प्रतिगोटा १० रुपैयाँका दरले बिक्री भइरहेको जनाए । अण्डा मात्र होइन बयष्क चराको पनि बजार राम्रो छ, अहिले सम्म ५० वटा चरा बिक्री भइसक्यो, बजारमा प्रति चरा २ सयले बिक्री हुन्छ, शर्माले भने ।
शर्मा र अर्याल बट्टाई पालन गर्ने प्रतिनिधि पात्र हुन, उनिहरु जस्तै अहिले धेरैले रुपन्देही जिल्लामा बट्टाई पालन गर्दै आएका छन् ।
बट्टाई पालनमा अहिले धेरैको आकर्षण बढेको छ । रुपन्देहीमा ठूला पन्क्षी फारामहरुमा मात्र नभई घरघरमै बट्टाई पाल्ने क्रम बढेको पन्क्षी विज्ञहरु बताउछन् ।
कुखुरा पाल्न भन्दा धेरै सजिलो, बाताबरण त्यति फोहर पनि नहुने, कम समयमै राम्रो प्रतिफल र बट्टाइको अण्डा निकै पौष्टीक साथै यसको मासु सेवन मानव स्वास्थयका लागि पनि निकै राम्रो रहेको शर्माको भनाई छ । दानाका लागि समस्या पनि छैन, कुखुराकै दाना साथै घासपात पनि खाने गर्छन्, शमाले भने ।
बट्टाई एक प्रकारको जापानी रैथाने चरा हो । जेपोनिका निकोट्रिक्स वैज्ञानिक नाम रहेको यो चराको तौल १ सय ५० देखि २५० ग्राम सम्म हुन्छ । यसको मासु र अण्डा खानाले निमोनिया, सुगर, ब्लड प्रेसर नियन्त्रण, दम, बाथ, युरिक एसिड का बिरामीलाई फाईदा पुग्नुका साथै मस्तिष्क, शारीरिक वृद्धी, छाला राम्रो र सुत्केरी महिलालाई समेत राम्रो हुने बिश्वास छ । बट्टाईको अण्डा नियमित सेवनले शरिरको तौल सन्तुलन साथै स्मरण शक्ती बढने, हड्डी बलियो हुने जस्तो अनेक फाईदा रहेको पालकहरुको दाबी छ ।
२५ देखि ३५ डिग्री सेल्सियस तापमानमा पाल्न सकिने बट्टाईले पाँच हप्ताबाट अन्डा पार्न सुरु गर्छ भने पाँच हप्ता देखिनै भाले बट्टाईलाई मासुको रुपमा प्रयोगमा ल्याउन सकिन्छ। अन्डाका लागी भने १ वर्ष सम्म पनि पोथि बट्टाई पाल्ने गरिन्छ । रुपन्देही जिल्लामा बट्टाई पाल्नेको संख्या बढदै गए पनि कतिले पालन गरीरहेका छन भन्ने एकिन तथ्यांक भने छैन् ।
Get real time update about this post categories directly on your device, subscribe now.