न्यूूज ओके रिपोर्टर
भैरहवा
सौभाग्य बचत तथा ऋण सहकारी संस्था लि.ओमसतिया २ पडसरीको १६ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि ओमसतियाँ गाउपालिका अध्यक्ष हिरा केवट राहुलले सहकारीको भावना र मर्म अनुसार अगाडी बढेर काम गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा सहकारी विज्ञ तथा लेखा परीक्षक चन्द्रकान्त भट्टराईले सहकारी ऐन २०७४ ले देखाएको बाटोका बारेमा प्रष्ट्याउनु भएको थियो । सभामा अध्यक्ष शर्माले वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक सुरेस मिश्राले आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका उपाध्यक्ष खडानन्द अधिकारीको स्वागतमा भएको कार्यक्रमको सञ्चालन प्रबन्धक रुद्र शर्माले गरेका थिए । कार्यक्रममा लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक रामप्रसाद बराल, ओमसितिया गाउपालिका वडा न. २ का अध्यक्ष ज्ञानेस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । २०६२ सालमा स्थापना भएको संस्थामा हाल २४९ जना शेयर सदस्हरु रहेका छन् । संस्थाले सहकारी एकिकरणको नीति पनि अवलम्बन गरेको शर्माले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.