शम्भु पन्त
भैरहवा ।
नाम सुन्दानै नौलो खालको । कौशी, अहिलेका पुस्तालाई कौशीको अर्थ थाहा नहुन सक्छ । कौशी भनेकोे घरको माथिल्लो तलामा ढोका या झ्यालबाट बाहिर निस्केर बरन्डामा बस्नका लागि बनाइएको बार्दली जस्तो स्थान हो । जुन परम्परागत पुराना शैलीका घरमा अझै पनि देख्न सकिन्छ ।
यही कौशीको नामबाट भैरहवाको सानु डिपार्टमेन्टल स्टोरको छेउमा कौशी डाउन टाउन रेष्ट्रो खुलेको छ । डाउन टाउन भनेको शहरको बिच भाग हो । कौशीमा सानो कौशी जस्तो पनि बनाइएको छ जहाँ बसेर बाहिरको दृष्य हेर्दै खानपान गर्न सकिनेछ, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै खुलेको कौशी डाउनटाउन रेष्ट्रोका अध्यक्ष कुन्दन बज्राचार्यले भने ।
३ वर्ष अघि सुरुवात भएता पनि अहिले नयाँ व्यवस्थापन सहित पुनःनिर्माण (रिन्नोभेशन) गरी सञ्चालनमा ल्याइएको कुन्दन बज्राचार्यले बताए ।
हरियाली र वातावरणलाई पनि ध्यान दिएका छांै, हरित साना वृक्षहरु वरपर लगाएका छौं, एकै पटक १ सय जना बस्न सक्ने क्षमता छ । छुट्टै स्मोकिङ्ग जोन (विथ ग्रिनरी) समेत छ, उनले भने ।
माथिल्लो तलामा वार एण्ड फाइन डाइनिङ्ग रहेको कौशीका प्रवन्ध निर्देशक बिश्वास खरेलले बताए । कौशीबाट टेक अवे, होम डेलिभरीको सुबिधा छ भने ग्राहक पुगेको ५ मिनेटमै उपभोग गर्न सक्ने बुद्ध बल (लन्च सेवा) नयाँ तरिकाले ल्याएका छौ र यो बिहान ११ बजे देखि बेलुका ९ बजे सम्म उपलब्ध हुन्छ, खरेलले भने । हतारमा रहेका र कम फुर्सदिला या आफ्नो सवारी साधनमा कही जाँदै गरेकाहरुलाई यो बुद्ध वल लन्च सेट सजिलो हुने खरेलले बताए । बुद्ध वल भेज र नन भेजमा उपलब्ध रहेको छ ।
त्यसै गरी अहिलेका लागि १३० रुपैयाँमा चिकेन मःमः, ९० रुपैयाँमा पिजा समेत त्यहाँ पाइने र इण्डियन फुडहरु समेत उपलब्ध रहेको जनाइएको छ । त्यस्तै रेष्ट्रोको बाहिर परिसरमानै ओपन कफी काउन्टर रहेको छ । जहाँ स्थानिय कफीसंगै अमेरिकानो, लाटे, क्यापुचिनो, एसप्रेसो लगायतका स्वाद बिहानै ८ बजेदेखि राती १० बजे सम्म उपलब्ध छ । रेष्टुरेन्ट भित्रै सेल्फी जोन समेत रहेको छ ।
रेष्टुरेन्ट नजिकै सानु डिपार्टमेन्टल स्टोर रहेकाले उपभोग्य सामान खरिद गर्न सहज, पर्याप्त पार्किङ्ग क्षेत्र समेत रहेकाले ग्राहकलाई थप सजिलो हुने जनाइएको छ ।
हाल सम्म १ करोड ५० लाख रुपैयाँ लगानी भएको कौशीमा १५ जना भन्दा बढीले रोजगार पाएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्नताको क्रममा रहेका, बुद्ध जन्मस्थल लुम्बिनी समिपमा रहेको तथा स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक यसै क्षेत्र हँुदै आउने भएकाले आधुनिक शैलिका रेष्टुरेन्टहरु शहरमा आवश्यक रहेको र भविष्यमा पोखरा, लुम्बिनी, बुटवल, पाल्पामा यसको शाखा विस्तार गर्ने योजना सञ्चालकको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.