- मनोरञ्जन शर्मा
भैरहवा
कोरोना भाइरसको संक्रमण र जोखिम बढ्दै जाँदा उद्योग व्यवसाय नराम्ररी प्रभावित भए । कतिपय उद्योग बन्द हुने अवस्थामा छन् भने बन्द भएका उद्योगहरु खुल्न सकेका छैनन् । तर, कोरोना भाइरस रहँदा–रहँदै पनि कुनै धैर्यता नगुमाई इच्छाशक्ति भए जे पनि गर्न सकिन्छ भनेर नवलपरासीका युवा उद्योगीहरुले प्रमाणित गरेका छन् । संभवतः कोरोनाकै बीचमा सञ्चालनमा आएका रामग्राम ९नवलपरासी०का २ ठूला उद्योग लुम्बिनी प्रदेशकै पहिलो उद्योग हुन्, जसले कोरोना कहरकै समस्याका बीचमा उद्योग निर्माणको काम निरन्तर गरी कोरोनाकै समयमा सञ्चालनमा ल्याए । ती उद्योगहरु टेन स्टिल्स र मारुति फुड पार्क हुन् । दुवै उद्योगमा गरी १ अर्ब २५ करोड बढीको लगानी छ । टेन स्टिल्समा ६२ करोड ५० लाख रुपैयाँ र मारुती फुड पार्कमा ६३ करोड रुपैयाँ लगानी छ ।
रामग्राम–१५ मा टेन स्टिल्स प्रालि र सोही नगरको वडा नम्बर १२ मा मारुती फुडपार्क स्थापना भई उत्पादन बजार पठाइसकेका छन् । काम सुरु गर्दा गर्दै कोरोना भाइरस सक्रमण सुरु भयो, चैत महिना भरी त धेरै दुःख भयो, पछि प्रशासनको अनुमति लिएर कामदारहरुलाई उद्योग परिसरमै राखेर काम निरन्तर भयो र कात्तिकमा उत्पादन बजार पठाउन सक्यौं, टेन स्टिल्स प्रालिका प्रबन्ध निर्देशक धीरज अग्रवालले भने ।
टेन स्टिल्सले अहिले एमएस पाइप उत्पादन गरिरहेको छ र यसको बजार देशैभर छ । कोरोनाका कारण निर्धारित समयभन्दा ढिलो गरी काम सम्पन्न भयो, कामदार, निर्माण सामग्री, यातायात ढुवानी सबैको समस्या थियो, विदेशबाट आउनुपर्ने मेसिनरी सामानहरु समयमा आउन सकेनन्, पहिला ४।५ दिनमा आउने, पुग्ने डकुमेन्ट १ पाउन, पठाउन १ महिनासम्म लाग्थ्यो, तर हामी हतास भएनौ, कोरोनाको बाबजुद उद्योग निर्माणको काम कोरोना कहरकै बीचमा सुरु गर्यौं र उत्पादन पनि थाल्यौ, यसबाट के प्रमाणित गर्न सक्यांै भने इच्छाशक्ति भयो भने जे पनि गर्न सकिँदो रहेछ, प्रबन्ध निर्देशक अग्रवालले भने । कोभिडमा काम गर्न अप्ठेरो परेको थियो । मानिसहरु थिएनन् । चैत महिनाभरि दुःख भयो ।
पूर्वाधार निर्माणको काम ठप्पै भयो । पछि जिल्ला प्रशासनसँग अनुमति लिएर कामलाई निरन्तरता दियौं, अग्रवालले भने । लकडाउन सुरु हुनु अघि सम्म इन्जिनियरहरु९विदेशी० आइसकेकाले पनि धेरै सजिलो भयो । हाम्रो टार्गेटमा कोरोना अबरोध भएन, अग्रवालले भने ।
टेन स्टिल्समा ८५ प्रतिशत सेयर परिवारकै सदस्यको छ । अग्रवालका बुवा अनिल अग्रवाल कम्पनिका अध्यक्ष हुन् । अजय जालान, अनुप यादव र अमरचन्द्र अग्रवाल सञ्चालकमा अजय जालान निर्देशक, अनुप यादव, अमरचन्द्र अग्रवाल छन् । कोभिड समस्याका कारण उद्योगमा अतिरिक्त व्ययभार २ करोड थपिएको छ । कोरोना कहरका कारण धेरैले रोजगार गुमाएको समयमा यो उद्योगले १ सयजनालाई रोजगार दिएको छ । अमेरिकी र जर्मन प्रविधिको प्रयोग उद्योगमा छ । वार्षिक उत्पादन क्षमता ५० हजार टन छ । भारत निर्यातको पनि तयारी कम्पनिले गर्दैछ ।
त्यसै गरी कोरोना कहरकै बिचमा तीव्र रूपमा काम सम्पन्न गरी कोरोना महामारीकै समयमा उत्पादन सुरु गरेको उद्योग हो रामग्राम १२ स्थित मारुती फुड पार्क । यो उद्योगको गत वर्षको नोभेम्बर ९चिनमा कोरोना देखिनु १ महिना अघि मा काम सुरु भएको थियो । कामसुरु भएको ४ महिना नबित्दै कोरोनाको महामारी बिश्वब्यापि भैसकेको थियो, ६३ करोडको लगानी भएको उद्योग सुरु हुन नपाउँदै कोरोनाका कारणले गर्भमै तुहिनेत होइन भन्ने डर सुरु सुरुमा लाग्यो, मारुती फुडपार्कका प्रबन्ध निर्देशक वीरन्द्र अग्रहरीले भने । तर, हामीले हिम्मत हारेनौं, कोरोना महामारीसँग बच्दै कामलाई निरन्तरता दियांै, जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला स्तरको कोभिड नियन्त्रण समितिलगायतका संघ–संस्थाबाट सक्दो सहयोग पायांै, अनुमति पाएपछि लकडाउन सुरु भएको २ सातामै काम सुरु गरी यस वर्षको तिहारको धन्तेरशका दिन उद्योग सञ्चालनमा ल्याएको मात्र होइन उत्पादित चामल बजारमा पठाउन सफल भयौं, प्रबन्ध निर्देशकले अग्रहरीले भने । यो नेपालको सबैभन्दा ठूलो सिंगल युनिट हो । मारुती फुडपार्कको अहिलेको धान क्रसिंग क्षमता प्रतिघन्टा १२ टन रहेको र छिट्टै १२ टन थप क्रसिंग गर्न सकिने प्रबिधी जडान गर्ने योजना रहेको कम्पनिका अध्यक्ष धिरज अग्रवालले बताए ।
धिरज टेन स्टिलका प्रबन्ध निर्देशकसमेत हुन् । ६३ करोड लागत रहेको यो मारुति फुडपार्कमा १५ महिना भित्र रिफाइनरी उद्योग९तेल मिल० समेत सञ्चालन गर्ने योजना अघि बढाइएको अग्रहरीले बताए । कोभिडकै बीचमा काम सुरु भयो, कोभिडकै बीचमा काम सकियो र कोभिड जारी रहँदै उत्पादन सुरु गरी बजारमा चामल बजारमा पठाउन सक्यौ, दृढ इच्छाशक्ति भए कुनै पनि समस्या आए समाधान गर्न सकिन्छ र दुःखमा पनि धैर्यता, इच्छाशक्ति गुमाउनु हुँदैन भन्ने सन्देश यो उद्योगले दिएको छ ।
उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा २ सय बढीले कोरोना महामारीकाबीच रोजगारी पाएका छन् । उद्योगका सञ्चालकहरुमा अग्रहरी र अग्रवाल बाहेक, धनपत यादव, बिनोद अग्रहरी र उर्मिला अग्रहरी छन् । हामीले कोरोनाको बाबजुद जोखिम मोल्यौ, अहिले सफल भएका छौं, सञ्चालकहरुको भनाइ छ ।
यो उद्योगले पनि कोरोनाको कारण समस्या भने झेलेको छ । जापानी प्रविधिको मारुती फुडपार्कमा थाइल्याण्डका मेसिनरी सामान जडित छन् । कोरोनाकै बीचमा विदेशबाट सामान ल्याइयो, तर समय लाग्यो, भाडा महँगो भयो, बाटोमा रोकिँदा डिटेन्सन चार्ज बढी भयो, यातायात ढुवानी कामदार समस्या झन बढी भयो, बढी ज्याला दिएर कामदार ल्याउनु प-यो, समस्यै समस्याकाबीच काम सम्पन्न भयो तर हामीले हिम्मत कति पनि हारेनौ, अग्रहरीले भने । मारुती फुड पार्कले धान क्रसिंगमा क्षमता बिस्तार साथै रिफायनरी उद्योग र दाल मिल सञ्चालन गर्न १ अर्ब २८ करोडको लगानी थप गर्दैछ । रिफायनरी तेल मिल उद्योग १५ महिना भित्रै सञ्चालनमा ल्याउने योजना छ र यो पूर्ण रूपमा कम्प्युटराइज्ड स्वचालित उद्योग हुनेछ, मारुतीका अध्यक्ष धीरजले भने ।
त्यसैगरी गौरबका आयोजनामध्ये भैरहवा लुम्बिनी तौलिहवा सडक खण्डको निर्माण पनि कोरोना संक्रमणको बाबजुद निरन्तर छ, प्रगति धेरैनै छ । त्यस्तै बुटवल नारायणगढ सडक खण्डको स्तरउन्नतिको काम पनि अहिले जारी छ ।
लुम्बिनी विकास कोषभित्र पनि कामहरु भइरहेका छन् । स्वास्थ्य मापदण्ड पुरा गरी कामहरु निरन्तर अघि बढाएका छौं, कोरोनाका बाबजुद धेरै कामहरु गर्न सफल भयौं, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकिय अधिकृत ज्ञानिन राईले भने । धैर्यता नगुमाई काम गरे जस्तोसुकै आपद बिपद आउँदा पनि सफल भइन्छ भन्ने उदाहरण अहिले धेरै छन्, राईको भनाइ थियो । कोरोनाकहरकै बीचमा निर्माणाधीन ठूला होटलहरुको काम निरन्तर भइरहेको छ । भैरहवा क्षेत्रमा अहिले २ वटा फाईब स्टार होटलको निर्माण जारी छ ।
एसियन इन्टरनेसनल होटल अबको २ वर्षमा निर्माण सम्पन्न हुने गरी काम अहिले भइरहेको छ, निर्माणाधीन एसियन इन्टरनेसनल होटलका प्रबन्ध निर्देशक शंकर घिमिरेले भने । कोरोनाको कारण चैत महिनामा केही समस्या भयो निर्माणका लागि, उद्योग बजार बन्द हुँदा निर्माणजन्य वस्तु पाउन सकिएन, मजदुरहरु अभाब भए तर पछि विस्तारै सहज हुँदै गयो र अहिले कोरोनाको बाबजुद काम निरन्तर भैरहेको छ, घिमिरेले भने । मुख्य कुरानै धैर्यता, इच्छाशक्ति हो, त्यो गुमाउनु हुँदैन सफल भइन्छ, घिमिरेले भने ।
भैरहवा अञ्चलपुर नजिकै सिद्धार्थ गु्रपले पनि फाइब स्टार होटल निर्माण गरिरहेको छ । होटलको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । कोरोनाका बाबजुद काम जारी रहेको जनाइएको छ । कोरोना कहरकैबीच भैरहवामा २ वटा स्तरीय होटल निर्माण सम्पन्न भएका छन् । गौतमबुद्ध एअरपोर्ट होटल निर्माण भई सञ्चालनको अवस्थामा छन् । नान्स होटलले स्तरउन्नती गरी चारतारे बनाउन यसै कोभिडकै समयमा काम सुरु गरेको र अन्तिम चरणमा रहेको होटलका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठ बताउँछन् ।
सिद्धार्थ होटल संघ९सान०का अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ भन्छन्, हामीहरुले धैर्यता गुमाएका छैनांै, इच्छाशक्ति मर्न दिएका छैनौ , हिम्मत हारेका छैनौं, तर पर्यटललगायत अन्य क्षेत्र पुनरुत्थान हुन सरकारले जुन तरिकाले योजना ल्याउनुपर्ने थियो त्यो आउन नसक्दा हामी निराश भने छौं ।
सरकारले ल्याएका केही सुबिधाहरु पनि उपभोगका लागि निकै झन्झटिलो छ, कम्तीमा सहुलियत तरिकाले बैंकमा किस्ता ब्याज बुझाउने र करको कुराहरु कम्तीमा २ वर्षसम्म सहज तरिकाले तिर्न सक्ने ९बिना जरिबाना० व्यवस्था गरे पनि ठूलो राहत हुने थियो अर्को कुरा होटल बन्द रहेको समयको बिद्युतको डिमाण्ड शुल्क पूर्ण छुट दिई पुनरुत्थानमा सहयोग सरकारले गर्नुपर्छ, श्रेष्ठले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.