- भैरहवा
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगरकोे २६ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष०७७÷०७८ को लागि २२ करोड ९५ लाख २७ हजार पाँच सय ८१ रुपियाँको अनुमानित बजेट सर्वसम्मतले पारित गरेको छ । कोरोना भाइरस संक्रमण र जोखिमका कारण प्रतिनिधि मूलक रुपमा २०७७ मंसिर २६ गते शुभारम्भ गरी ३० गते सम्म सहकारीको सभाहलमा सञ्चालन गरिएको थियो ।
अन्तिम दिन जिल्ला डिभिजन सहकारी कार्यालयका पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा भट्टराईले सहकारीको सिद्धान्त, नीति नियम पालना गर्दै अघि बढे जस्तो सुकै पठिन परिस्थितिमा पनि सफल भईने उदाहरण लुम्बिनी बचत तथा ऋण सहकारी भएको बताए ।
कोभिड १९ बाट विश्वनै आक्रान्त बनेको वर्तमान परिस्थितिमा सहकारी विभागबाट जारी निर्देशनको पूर्ण पालना गर्दै अहिले सस्थाले कारोबार गर्दै आएको र सोहि मानपदण्ड अनुसार साधारण सभा गरिएको अध्यक्ष तेज बहादुर थापाले बताए । साधारण सभा समापनमा नेप्mस्कुन फिल्ड प्रमुख राधा कुमारी पोखरेल तथा सौभाग्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णकान्त शर्मा, संस्थाका उपाध्यक्ष बालकृष्ण बस्याल, सस्थाका पूर्व उपाध्यक्ष बालकृष्ण भट्टराई लगायतले सहकारीको महत्वका बारेमा बोलेका थिए ।
साधारण सभामा संस्थाको पडसरी उपस्थिति केन्द्र र सिद्धार्थनगर उपस्थिति केन्दहरूबाट संस्थालाई प्राप्त रायसुझावहरू संस्थाका संचालक समिति सदस्य देवीप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । संस्थाका प्रबन्धक राम प्रसाद बरालले साधारण सभाको सञ्चालन गरेका थिए ।
साधारण सभामा सञ्चालक समिति पदाधिकारी, लेखा सुपरिवेक्षण समिति पदाधिकारी, संस्थाका कर्मचारी एवं पडसरी उपस्थिति केन्द्र र सिद्धार्थनगर उपस्थिति केन्द्रबाट साधारण सभाको माइन्यूट प्रमाणिकरका लागि सहमत हुनुहुने अन्य १० जना शेयर सदस्यहरूको उपस्थिति रहेको प्रबन्धक बरालले बताए । साधारण सभामा संस्थाको शेयर सदस्य विस्तारमा महत्वपूर्ण योगदान गर्ने तुलसीदेवी पाण्डेलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
साधारण सभाले अध्यक्ष तेजबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समिति संयोजक बैकुण्ठनाथ अर्यालले प्रस्तुत गरेको आ.व.०७६÷०७७ को वार्षिक लेखा परीक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.