श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
होटल रेष्टुरेन्टमा गएर कफी सित्तैमा खान पाइन्छ भन्दा तपाई नपत्याउनु होला । तर यो साँचो हो । भैरहवामा रहेको पौवा होटलमा गए कफी निःशुल्क खान पाइन्छ । पौवा होटलले चिसो मौसमको खयाल गरी आफुकहाँ आउने ग्राहकलाई लक्षित गर्दै यो निःशुल्क कफी योजना ल्याएको पौवा होटल भैरहवाका प्रबन्धक बिष्णु भण्डारीले बताए ।
‘पौवा होटल जहाँबाट आतिथ्यता सुरु हुन्छ’ थेगो रहेको होटलले सामान्य दुध (मिल्क) र व्ल्याक(कालो) कफी जनवरी बाट निःशुल्क योजना सुरु गरेको प्रबन्धक भण्डारीले बताए । पौवामा आउने जो कोहीले कफी निःशुल्क पिउन पाउनु हुन्छ, यहाँ आएर पौवा होटल अवलोकन गरी अरु केही खादिन कफी मात्र पिएर जान्छु भने पनि पाइन्छ, भण्डारीले श्रीन्यूज ओके सम्वाददातासंग भने ।
यो योजनाले होटलमा आउने अतिथीहरुमा निःशुल्क शब्दले अझ बढी आत्मियता बढ्ने, होटलको प्रचार हुने र मानिसहरुमा कफीको आकर्षण बढ्ने बताइएको छ । हाललाई माघ ३० गते सम्म निःशुल्क कफी योजना रहेको छ भने भैरहवासंगै पौवा होटलका अन्य शाखाहरुमा बुटवल, गोरुसिंगे, दाङ, पाल्पा (तानसेन), रेसुंगा (तम्घास), जुम्ला लगायत ८ शाखामा समेत यो निःशुल्क कफी पिउन सकिन्छ ।
Get real time update about this post categories directly on your device, subscribe now.