- भैरहवा ।
सियारी गाउँपालिका वडा नं. ६ मा अवस्थित सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा एवम् चौथो अधिवेशन सम्पन्न भएको छ । वार्षिक साधारण सभाले विक्रम गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।
समितिको उपाध्यक्षमा टीका रानाभाट, सचिवमा राजन चौधरी, कोषाध्यक्षमा धर्मेन्द्र थापा निर्वाचित भएका छन् त्यस्तै सदस्यहरुमा सुरेश बानिया, राम नारायण केवट, रामवती केवट, टेक बहादुर कँवर, भोजराज खनाल, निर्मला घिमिरे सीता चौधरी छन् ।
साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । कार्यक्रममा निर्वाचन समितिका सल्लाहकार तुल्सा शर्माले सहकारीको बारेमा धारणा राख्दै सहकारी नीति अनुसार काम गर्दै गए सफल भइने बताइन् ।
Get real time update about this post categories directly on your device, subscribe now.