- भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीले रुपन्देही आइपुगेका अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण गराउँदै पत्र बुझाएका छन् । जिल्लामा सम्पन्न विभिन्न भौतिक पूर्वाधार तथा नयाँ योजना सुरुवातका रुपन्देही आउँदै गर्दा मंगलवार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा व्यवसायी एवम् नीजि क्षेत्रको प्रतिनिधी मूलक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघले भन्सारमा अस्थाई पार्किङ्ग र भैरहवा–बुटवल औद्योगिक करिडोर सहितका अन्य उद्योगमा विद्युत प्राधिकरणले जोडेको ट्रन्क लाइनको विषयमा ध्यानाकर्षण गराएका हुन् ।
नेपाल–भारत दुवै तर्फ एकसाथ निर्माण हुने भनिएको एकिकृत भन्सार चेक पोष्ट(आईसिपी) को निर्माण हालसम्म पनि नहुँदा आयात–निर्यात प्रभावित भएको र मुख्य समस्या ढुवानी साधन राख्ने पार्किङ्गको अभावका बिषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरायाैं, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेले भने । अहिले पर्याप्त पार्किङ्ग नहुँदा मालवाहक ट्रकहरु भारततर्फ धेरै दिनसम्म रोकिन पर्दा आयातकर्ताले भारतीय पक्षलाई डिटेन्सन चार्ज बापत प्रति गाडी दिनको २ हजारदेखि ५ हजार भारतिय रुपैयाँ (सामान र ट्रकको प्रकृती हेरी) सम्म बुझाउनु परिरहेको अध्यक्ष न्यौपानेले मन्त्री पौडेललाई जानकारी गराए ।
मन्त्रीको ध्यानाकर्षण गर्दै अध्यक्ष न्यौपानेले भने ‘अहिले नेपाल सरकारले अधिग्रहण गरेको जमिनमा कम्तिमा अस्थाई पार्किङ्ग निर्माण गरे तत्काललाई आईसिपी नबन्दासम्म पार्किङ्गको समस्या ह्टने थियो, अस्थाई पार्किङ्ग निर्माणको जिम्मेवारी लिन आफुहरु तयार समेत रहेको छौं । त्यसै गरी विद्युत प्राधिकरणले ट्रन्कलाइनका नाममा उद्योगहरुलाई अनावश्यक दुःख दिएको भन्दै यसको समस्या समेत निराकरण गर्न माग गरेका थिए ।
कोभिड १९ का कारण मर्माहत भएका व्यवसायीहरुलाई गत वर्ष देखिकै समस्याका रुपमा रहेको ट्रन्कलाइन समस्या सुल्झाउन संघले आग्रह गरेको हो ।
अस्थाई पार्किङ्ग बनाए कम्तिमा २५ सय ट्रकहरु अट्ने र आयात निर्यात अझै सहज हुने, आयातमा ढुवानी लागत कम हुने, डिटेन्सन चार्ज वापतको रकम बचत हुने र मुख्य कुरा कच्चा अथवा तयारी सामान समयमै बजार वा उद्योगमा जाने भएकाले आईसिपी नबन्दासम्म अस्थाई पार्किङ्ग बनाउन जरुरी रहेको ध्यानाकर्षण गराउन गएका भैरहवा क्षेत्रका प्रतिष्ठित उद्योगी एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले बताए । उन्ले ट्रकलाइनका नाममा उद्योगहरुलाई अनाबश्यक तनाब दिने काम भैरहेको समेत उल्लेख गरे । सो क्रममा मन्त्री पौडेलले आईसिपी निर्माण नहुदा सम्मका लागी अस्थाई पार्किंगको बिषयमा र विद्युत ट्रन्कलाइन समस्या समाधानका लागी आफुले पहल गर्ने बताएका थिए ।
संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रीय सदस्य राजेश कुमार अग्रवाल सहित संघका उद्योग उपाध्यक्ष अरुण गोयनका, वाणिज्य उपाध्यक्ष ठाकुर श्रेष्ठ, महासचिव नेत्र आचार्यको टोली गौतमबुद्ध बिमानस्थलमै पुगेर मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.