- भैरहवा ।
भोज खान खुवाउन होस वा कुनै पनि परिकार त्यसमा नेवार समुदाय अग्रपङ्गतिमा आउँछन् । त्यसमा पनि नेवारी खानाका पारखीहरु नेवार समुदाय मात्रै नभई अन्य समुदायका अझ बढी छन् । शाकाहारी र मांशाहारीका लागि नेवारी परिकार अनेक छन् । छोइला, कचिलादेखि नेपाली पिज्जाको रुपमा प्रसिद्ध पाएको बारा, चटामरी मौलिक नेवारी परिकार हुन् ।
भैरहवामा पनि नेवारी परिकारका पारखिहरु धेरै नै छन् । तर सबै खाले नेवारि परिकार पाइने स्थान भने छैन् । छोइला, भुटुवा, बाहेक भैरहवा बासीले अन्य नेवारी परिकारको स्वाद पाएका छैनन् होला, भैरहवामा ।
तर तपार्इं नेवारी स्वाद चाख्न चाहनु हुन्छ भने भैरहवामा पनि नेवारी परिकार पाइने ‘समय् बजी छें’ खुलेको छ । भैरहवा हाटबजार लाइन पुर्व तिर स्मृती चलचित्र मन्दिरको छेउमा ‘समय् बजी छं’े स्थानिय अमात्य परिवारले सञ्चालनमा ल्याएका हुन् ।
मेरो पहिलादेखि नै भैरहवामा एक भिन्नै परिकार स्वाद सहितको रेष्टुरेन्ट खोल्ने योजना थियो र त्यही योजना अनुसार यो ‘समय् बजी छें’ खोलिएको अमात्यले बताए । समय् बजी छें मा सबै आफ्ना घर–परिवार मिलेर सञ्चालनमा ल्याएको र पूर्र्णतः नेवारी मौलिक स्वाद पस्कने समय् बजी छेंका सञ्चालिका बिनु अमात्यले बताइन् । समय् बजी छेंमा चटामरी, छोइला, नेवारी खाजा सेट (बफ), नेवारी खाजा सेट(चिकेन), साधा बारा, अण्डा बारा, मिक्स बारा, बफ छोइला, फोक्सो फ्राई, जिब्रो फ्राई/स्टिम, पिरो आलु, आलु तामा, मिक्स अचार, खसी, बफ भुटुवा, टाउको फ्राई, बफ चिल्ली, चिकेन मःमः, बफ मःमः लगायतका दर्जनौ परिकार उपलब्ध छन् । साथमा लोकल ऐलादेखि इम्पोर्टेड ऐलासम्म सञ्चालक महेन्द्र अमात्यले बताए । मौलिकता झलकाउन नेवारी खाजा सेट पुरानै नेवारी शैलीमा टपरीमा दिने गरेको अमात्यको भनाई छ । परिकारका मूल्यहरु पनि २५० रुपैयाँ भन्दा माथि कुनै छैन् । कममा ५०, बढीमा २५० रुपैयाँ मात्र छन् ।
साँस्कृतिक दृष्टिले मात्र होइन थरि–थरिका खानेकुराका लागि प्रयोग हुने सिप, कला, मेहनतका लागि नेवारहरुसँग अरुको जोडबल चल्न गाहै्र छ, हाम्रो संस्कृति कस्तो छ, कस्तो कस्तो परिकार बन्छ भन्ने पनि यस्ता रेष्टुरेन्टहरुले जिवन्त राख्ने समय् बजी छेंको शुभारम्भका समयमा पुगेका व्यवसायी मृगेन्द्र गोविन्द श्रेष्ठले बताए । कम्तिमा नेवारी परिकार पाइने खाजा घर पनि भैरहवामा सञ्चालनमा आएको छ, यसले नेवारी मौलिक स्वाद दिनेछ, अर्का सेवाग्राही उत्कृष्ट सहकारीका सचिव चिरन्जिवी राउतले भने ।
Get real time update about this post categories directly on your device, subscribe now.