- भैरहवा
उद्योग व्यापार संगठन रुपन्देहीले नेपाली नयाँ वर्ष २०७८को पूर्व सन्ध्यामा भैरहवामा आयोजना गर्ने भनिएको सिद्धार्थ सडक खाना महोत्सव तथा वृहत सांस्कृतीक कार्यक्रम २०७७ स्थगित भएको छ ।
संगठनका अध्यक्ष नारायण भण्डारीले नेपाल सरकार गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार भिडभाड जन्य मेला, सम्मेलन, प्रर्दशनी महोत्सव कार्यक्रम नगर्न नगराउन गरिएको निर्देशन बमोजिम सडक खाना महोत्सव अहिलेलाई सबै तयारीका बावजुद स्थगित गरिएको बताए ।
रुपन्देही डिसिएमसिको बैठकले सडक खाना महोत्सव स्थगित गर्न गरेको आग्रह तथा पुनः नयाँ प्रकारको कोभिड–१९ को प्रभाव समाजमा बढ्न नदिने सामाजिक दायित्व अनुसार स्थगित गरिएको भण्डारीले बताए ।
तयारीका बावजुद सडक खाना महोत्सव स्थगित गर्दा सहयोगी संघ संस्था, पर्यटन व्यवसायी, होटल रेष्टुरेन्ट व्यवसायी तथा आम सर्बसाधारणमा पर्न गएको असुविधा प्रति संगठनले दुख व्यक्त गरेको छ ।
संगठनले कोभिड–१९ को कारणले उद्योग व्यवसाय र पर्यटन क्षेत्रमा कम भन्दा कम असर पर्ने गरी निर्देशन गर्नको लागि नेपाल सरकार र सरकारको निकायलाई अनुरोध गर्दै कोभिड –१९ ले पारेको प्रभाव पुर्नस्थान हुने समयमा पुनः कोभिड–१९ को हल्ला र असर कम गरी व्यापार व्यवसाय निरन्तरता गर्न व्यापार व्यवसायमा असर नपर्ने खालका मापदण्ड थप गर्न पनि जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.