मनाेरञ्जन शर्मा ।
- भैरहवा ।
सुन (पहेलो धातु) अभाव हुँदा रुपन्देहीका बजारमा सुनको कालोबजारी भइरहेको व्यवसायीहरुले बताएका छन् । सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रर्याप्त नहँुदा कालो बजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माले बताए ।
‘अहिले सुनको आपुर्तिमा बजार हेरेर कोटा प्रणाली निर्धारण गरिएको छ, तर गहनाको माग बढ्ने सिजनमा पर्याप्त सुन नहुँदा कालोबजारी गर्नेले पश्रय पाइरहेका छन्’ अध्यक्ष विश्वकर्माले भने । ‘अहिले रुपन्देहीमा हप्ता भरका लागि भनेर ३ किलो कोटा दिइएको छ, ३ किलो भनेको २५७ तोला हो, जिल्लामा संघमा आवद्ध ५५० व्यवसायी छाैं, आधा तोला सुन लिएर के गर्ने हो’ अध्यक्ष बिश्वकर्माले भने ।
जिल्लामा सुनको माग दैनिक डेढ किलो भन्दा बढी छ, सिजनमा अझ बढ्छ, अब चाडबाडको मौसम सुरु भयो । ‘सुनको माग बढिरहेछ तर हामीसँग सुन अभाव छ’ उनले भने । हामीहरुको अहिले माग कम्तिमा ६ किलो गराइदिनु प¥यो भन्ने हो । सुनको कोटा बढाई दिनु प¥यो भन्दै ‘हामीले नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयमा शाखा कार्यालय भैरहवा मार्फत सुनको आपुर्ति पर्याप्त र सहज बनाउन भन्दै मंगलवार ज्ञापनपत्र समेत बुझाएका छाैं’ उन्ले भने ।
बजारमा सुन कोटा प्रणालीबाट आउँदा व्यवसायलाई व्यापार चलाउन गाह्रो भएको सुनचाँदी व्यवसायी संघको सुनचाँदी विज्ञ व्यवसायी परामर्श समितिको संयोजक प्रेम कुमार सेन्चुरीले बताए । निषेधाज्ञा पछि सुन आएको छैन, ‘२ महिना भयो सुन नआएको, अहिले कालोबजारी भएको छ, यो नियन्त्रणका लागि पनि सुन कोटा बढाउन र सहज गर्नु पर्छ’ सेन्चुरीले भने ।
अर्डर गरेको सुनको गहना बनाएर दिनै प¥यो, सस्तो महँगो भन्ने कुरा भएन, अर्डर हुँदा जुन दर थियो त्यही दरमा दिनु पर्छ, सुन अभाव हुँदा व्यवसायी चिन्तामा छन्, नोक्सानमै व्यवसाय गर्नु परेको छ, वि.के. ज्वलेर्सका सञ्चालक समेत रहेका सेन्चुरीले भने ।
सुन नभए पछि व्यवसाय जोगाउन व्यवसायीले महँगोमा सुन खरिद गर्न थालेका छन् । ठूला डिलरहरु व्यवसायीकहाँ सुन बोकेर आफै तोलमोल गर्न पुग्ने गरेको र एक तोलामा अहिले ३५ सय देखि ४ हजार रुपैयाँसम्ममा बढी मूल्य लिएर ठूला डिलरहरुले सुन सप्लाई गरिरहेको एक व्यवसायीले बताए ।
सुन अभाव हँुदा कालोबजारीले पश्रय पाइरहेको र यसले ग्राहक, व्यवासायी र राज्यलाई समेत हानी पु¥याइरहेको व्यवसायीको भनाई छ । कालोबजारी गर्ने गिरोहसँग किन महँगोमा सुन खरिद गर्नु हुन्छ त तपार्इंहरु भन्दा, उनिहरु भन्छन्, व्यवसाय बचाउन ।
अहिले सुनको मूल्य तोलाको ९० हजार तल माथि छ । जति मूल्य यो पहेलो धातुको बढ्छ उति क्रेज बढ्दै जान्छ, व्यापार खस्केको छैन, निषेधाज्ञाले गर्दा सुन आएको छैन् । त्यो ‘हप्ताको ३ किलो कोटाको सुन लिन पनि काठमाडांैनै पुग्नु पर्छ, यसमा जोखिम र खतरा उच्च छ, त्यसैले भैरहवाकै वाणिज्य बैंकहरुबाट सहज रुपमा सुन खरिद गर्न मिल्ने व्यवस्था हुनु पर्छ भन्ने माग पनि हो’ अध्यक्ष विश्वकर्माले भने ।
२०६९ सालबाट नेपालमा सुनचाँदी व्यवसायीहरुलाई कोटा प्रणाली मार्फत सुन उपलब्ध हुँदै आएको छ । त्यतिबेला अर्थमन्त्री डा.बाबुराम भट्टराई हुँदा यो निर्णय भएको थियो । सुन अभाब बढ्दै जाने हो भने यसको कालोबजारी बढ्दै गई सुन बजारमा भयाबह अवस्था आउन सक्ने भएकाले तत्काल सरकारले ठोस् कदम चाल्नु पर्ने व्यवसायीको भनाई छ । सुन अभाव बढ्दै जाने हो भने यसको कालोबजारी बढ्दै गई सुन बजारमा भयावह अवस्था आउन सक्ने भएकाले तत्काल सरकारले ठोस् कदम चाल्नु पर्ने सुन व्यवसायीको भनाई छ ।
Get real time update about this post categories directly on your device, subscribe now.