- श्रीन्यूज ओके रिपोर्टर : भैरहवा
रेनल्ट कम्पनिको कार भैरहवा र आसपासको क्षेत्रका लागि आधिकारीक विक्रेता रहेको भैरहवा अटोले कम्पनिको नयाँ कार न्यु रेनल्ट काइगरको विक्री तथा प्रवद्र्धन सुरु गरेको छ ।
काइगर स्पोर्टी लुक्समा एससयुभी कार हो । पहाड, तराई जहा पनि सजिलै चलाउन सकिने काइगर रेनल्टकै यस अघिका यसयुभी डस्टर र क्याप्चर भन्दा केहि सानो आकारको रहे पनि इन्जिन र शक्तिमा उनिहरु जस्तै रहेका कम्पनीका सर्विस इन्जिनियर बिरेन्द्र गुप्ताले बताए । १ हजार सिसि इन्जिन क्षमता रहेको काइगरको ग्राउण्ड क्लियरेन्स २ सय ५ एमएम तथा ४ सय ५ लिटरको बुस्ट स्पेस रहेको छ ।
कारमा नर्मल, इको र स्पोर्टी गरी ३ वटा अप्सन समेत रहेका छन् । ४ वटा एअर व्याग रहेको यो कारमा पुस बटन, स्मार्ट कि सुबिधा उपलब्ध छ । पेट्रोलबाट चल्ने यो काइगरको माइलेज प्रतिलिटर १७ देखि २० किमी सम्म रहेको छ ।
रेनल्ट काइगरको भैरहवामा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नेत्र प्रसाद आचार्यले लन्चिंग गर्दै पछिल्लो समय भैरहवामा कारका बिक्री कक्षहरु धमाधम खुल्दा यस क्षेत्रमा सर्बसाधारणलाइ कार खरिद गर्न भन्दै पहिला जस्तै काठमाण्डौ लगायतका स्थानमा जानु पर्ने झन्झट अन्त्य भएको भन्दै अव लुम्बिनी प्रदेशमै सवारी साधन दर्ता गरि बिक्री बितरण गर्न आग्रह गरे ।
भैरहवा अटोका सञ्चालक घनश्याम यादवले बिक्री मात्रै नभई बिक्री पछिको सेवाहरुका लागी पनि आफुहरु प्रतिबद्ध रहेको बताए ।
आइतवार देखि बिक्री तथा प्रवद्र्धन सुरु यो कारको मुल्य २८ लाख ४९ हजार रुपैया देखि ३८ लाख १९ हजार सम्म रहेको कम्पनिका बजार अधिकृत तिर बहादुर रोकामगर(डार्विन)ले बताए ।
कार्यक्रममा सञ्चालकहरु गुरुराज क्षेत्री, गणेश थापा लगायतले काइगर कार र अटो सेवाका बारेमा बोलेका थिए ।
कार्यक्रमको संचालन बजार अधिकृत तिर बहादुर रोका मगर (डार्बिन)ले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.