श्रीन्यूज ओके रिपोर्टर:भैरहवा
भैरहवामा एक पानी जारमा दिसा जस्तै फोहर लेदो भेटिएको छ । अक्वा नेपाल बिसलेरी बाट उत्पादित गुड ड्रिन्क ब्रान्डको पिउने पानीमा मानिसको दिसा जस्तै फोहर लेदो भेटिएको हो ।सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ बस्ने आरति बिश्वकर्माले आज बिहान जारको पानी मगाउदा एउटा जारमा मानिसको दिसा जस्तै बस्तु देखिएको र शिल तोडदा कोठै गन्हाएको बताईन् ।
कुमारी बैन्क पछाडी गल्लीमा बस्दै आएकी बिश्वकर्माले बिगत १ वर्ष देखि आफनो घरमा नेपाल खानेपानी सस्थानको धाराको लाईन भए पनि पिउनका लागी जारको पानि प्रयोग गर्दै आएको बताईन् । बिश्वकर्माका मामा दिपक विकेले दिसा जस्तै लेदो शिलबन्दी जारमा भेटिएको भन्दै मानवको स्वास्थ्यमा गंभिर खेलवाड गरेको कम्पनिलाई तत्काल कारबाही गर्नु पर्ने बताएका छन् ।
पिउने पानी जस्तो अति महत्वपुर्ण बस्तुमा यस्ता फोहरबस्तु देखा पर्नु दुखद भएको फोहर पानी रहेको स्थानमा अनुगमनका लागी पुगेका सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ का वार्ड अध्यक्ष राजन जंग राणाले बताए । उन्ले यस बिषयमा आवश्यक कारबाहीका लागी सम्बन्धित क्षेत्रमा जानकारी गराउने जनाएका छन् ।
यो समाचारदाता पानीको जारमा दिसा जस्तै लेदो फेला परेको खबर पाए पछि विश्वकर्माको घरमा पुग्दा त्यहा भिड थियो । जारका पानीमा फोहर तथा दिसा जस्तै लेदो थियो र केहि लेदो निकालेर सिमेन्ट लगाएको भुईमा राखीएको थियो ।
जारमा प्रोसेसिंग वाटर अर्थात प्रशोधन गरीएको पानी लेखिएको छ । तर जारमा लगाइएको स्टिकरमा ब्याच नम्बर, अधिकतम विक्री मुल्य र उपभोग मिति समेत लेखिएको छैन् । तपाईहरु पनि पिउने पानी खरिद गर्दै हुनुहुन्छ भने आफुले किनेको पानी कस्तो छ ध्यान पुर्बक हेर्नु होला नत्र फोहर लेदो मिसीएको पानी पर्ला है ।
Get real time update about this post categories directly on your device, subscribe now.