- बिशन गुरूङ
भैरहवा ।
स्वास्थ्य उद्यममा लागेका युवा सिद्धार्थनगर–७ जनकपथका उमेश आचार्यले सन् २०१९ मा एनएलपि प्रोग्राममा ५ वर्ष भित्र सम्पादन गर्ने लक्ष्य निर्धारणमा १० योजना राखेका थिए । त्यसमा हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि थियो । त्यसको केही समयमा उनको भेट राजु रिजालसंग भयो । रिजालसंग १४ वर्ष दुबईको एक साउथ अफ्रिकन चेन रेष्टुरामा काम गरेको अनुभव थियो । रिजाल कफि मेकर तथा एक्सपर्ट हुन् । रिजाललाई पनि दुबईमा फिर्ता जान मन थिएन । यतै स्वदेशमा केही गरौ भन्दै गर्दा आचार्य भेट भए । उनिहरुसित सिद्धार्थनगर बस्दै आएका अर्घाखाँचीका राजु पाण्डे भेट भए । रेष्टुरेन्ट सञ्चालन गर्ने कुरामा तिनै जनाको मन मिल्यो । कोरोनाको जोखिम कायमै थियो, भैरहवामा हालै मात्र सञ्चालनमा आएको ‘द ग्राण्ड किचन’का प्रबन्ध निर्देशक उमेश आचार्य रेष्टुरा कसरी सुरु गर्ने सोच भयो भन्ने विषयमा बताउँदै थिए ।
आचार्य, रिजाल र पाण्डेलाई साथ दिन श्री रायमाझी, हरी आचार्य र नबिन आचार्य पुगे । सबैको साथ पाए पछि जनकपथमा अहिले ‘द ग्राण्ड किचन’ सञ्चालनमा आएको छ । जनकपथमा हालै सञ्चालनमा आएको यो रेष्टुराको भित्रि बनावट आकर्षक छ, बनावट मात्र होइन मेनुमा पनि उत्तिकै ध्यान व्यवस्थापकले दिएका छन् । डेढ करोडको लगानी रहेको द ग्राण्ड किचन १ कट्ठा क्षेत्रफलमा छ । भुईतलामा ३० जना क्षमताको फाइन डाईनिंग छ । भुई तलामै नौ–नौ जना बस्न मिल्ने ३ वटा फेमिली केबिन छ । भुइतलामै १८ जनाको आउटडोर बनाइएको छ । आउटडोरको सिलिंगमा सिसा र त्यसमा पानी बग्ने गरी बनाइदैछ । त्यस्तै माथिल्लो तल्लामा डबल डेक (जस्लाई दलान नाम दिइएको छ ) रहेको छ । जहाँ एकै पटक १२ जना बस्न मिल्छ । माथिल्लो तलामानै ५० जना क्षमताको कन्फ्रेन्स हल रहेको छ । रेष्टुराको मुख्य आकर्षण भनेको अन्य खानपानसंगै पुस्तक पढ्दै कफि पिउन पाइने । ‘‘हामी स्तरीय कफि हाम्रा ग्राहकलाई पेश गर्छांै, हामीले २५ थरीको कफि उपलब्ध हो । हामी बारीष्ठा कफी उपलब्ध गराउँछौं’’ रेष्टुराका सञ्चालक समेत रहेका कफि मेकर रिजालले भने । साथै ‘‘कफि पिउँदै पुस्तक पढनका लागि पुस्तकालयको पनि व्यवस्था छ, यसले पढ्ने सँस्कृती बढ्छ ।’’ उनले भने ।
द ग्राण्ड किचनमा टिम्बुर चिकेन, भेज छोयला, चिकन ड्रागन, गोल्डेन चिकेन बल भैरहवाबासीका लागि नयाँ स्वाद हुनेछन् । त्यसै गरी नेपाली खाना समेत उपलब्ध रहेको छ । साथै बिभिन्न कर्पोरेट हाउस, तथा बैंक, इन्सुरेन्स कम्पनीलाई लक्षित गरी छुटै कर्पोरेट मेनु बनाईको प्रबन्ध निर्देशक आचर्यले बताए । हामी केही नयाँपन दिन चाहन्छौं, त्यसैले रेष्टुरेन्टमा लगानी गरेका छांै, होम डेलिभरी, हेप्पी आवर, बुफे ब्रेकफास्ट (विक्ली)सुरु गर्छांै, खानपानबाट ग्राहकलाई सन्तुष्ट पार्ने हाम्रो लक्ष्य हो । ’’ आचार्यले भने । द गार्डेन किचेनले अहिले १२ जनालाई रोजगार दिएको छ । अहिले कोरोनाका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालनमा ल्याएको र पूर्ण रुपमा सञ्चालन हुँदा ३० जनाले रोजगार पाउने बताइएको छ । अहिले रेष्टुरामा वेभ साईटबाट समेत अर्डर गर्न मिल्ने र छिटै एप्सबाट खानेकुरा मगाउन सकिने व्यवस्था भइरहेको आचार्यले बताए । रेष्टुरामा पुरानो शैलीको टेलिफोन, ग्रामो फोन, रेल्वे लाईन घडी र पश्चिम दिशाबाट देखिने लुम्बिनी गेटको तस्बिर सेल्फीका लागी बनाईएको छ । रेष्टुराको मेनु बजारका अन्य चल्तीका रेष्टुरेन्ट सरह छ ।
Get real time update about this post categories directly on your device, subscribe now.