- न्यूज ओके रिपोर्टर
भैरहवा ।
टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७८÷०७९ को अर्ध वार्षिक समीक्षा तथा आवधिक योजना (२०७७—२०७९) को पाँचौ समीक्षा बैठक सम्पन्न भएको छ । कार्यक्रममा सञ्चालक, लेखा, सल्लाहकार, उपसमिति र व्यवस्थापनको सहभागितामा सम्पन्न कार्यक्रममा ६७ करोड बराबरको वासलात रहेको पूँजीको समग्र वित्तीय विश्लेषण गर्नुको साथै मौजुदा कोभिड तेस्रो भेरियन्टको कारण स्मार्ट लकडाउनको अवस्थामा सहकारी संस्थाको व्यवसायिक विश्लेषण समेत गरिएको थियो । आवधिक त्रिवर्षीय रणनीति योजनाको उत्तरार्धमा रहेकोले हासिल प्रगति र बाँकी लक्ष्य प्राप्तिको बारेमा समीक्षा समेत गरेको संस्थाका मुख्य प्रबन्धक लक्ष्मणकुमार थापा (श्रीस) ले बताए ।
संस्थालाई नीति, विधि र प्रविधिले संचालन गर्दा केही सदस्यको असन्तुष्टि, गुनासो हुनु स्वाभिकै भएता पनि दीगो, शुलभ र शिघ्र सदस्य सेवा तर्फ अझै ध्यान जान जरुरी रहेको, वर्तमान अवस्थामा वित्तीय बजारमा वित्तीय तरलताको अप्ठ्यारोपनको कारण ऋण फिर्ती गतिमा पारेको प्रभावबारे समीक्षा कार्यक्रममा भएको थियो । तरलता व्यवस्थापनको रणनीतिको कारण ऋण लगानीमा देखिएको सिथिलता बारे चर्चा समेत भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा न. १६ का वडाध्यक्ष खेमराज गुरुङले सहकारी एकीकरण भए पछि अझै सशक्त रुपमा आफ्नो क्रियाकलाप अगाडी बढाउन सफल भएको, आफ्नो कार्यक्षेत्रमा सहकारी अभियानलाई अगाडी बढाएको देख्न सुन्न पाएकोमा खुशी लागेको बताउँदै आगामी दिनहरुमा अझै प्रगति गर्दै जानेमा विस्वस्त रहेको बताए । कार्यक्रममा संस्थाका अध्यक्ष डीबी थापाले सहकारीको नीति, सिद्धान्त अनुसार संस्था सञ्चालन हुँदा सफलता प्राप्त भइरहेको बताउँदै जिल्ला कै उत्कृष्ट सहकारी बनाउने बताए ।
६२ जना सहभागी रहेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोलाले कार्यक्रम सञ्चालन सचिव जितबहादुर रासकोटी र समीक्षागत सामग्री मुख्य प्रवन्धक लक्ष्मण कुमार थापाले गरेको थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.