- न्यूज ओके रिपोर्टर
भैरहवा ।
एभरेष्ट बैंकले २ दिनका अन्तरमा ५ शाखा विस्तार गरेको छ । बैंकले आइतबार मणिग्राम, जोगीकुटी र खैरेनी तथा सोमबार मुर्गिया र जितपुरमा शाखा स्थापना गरी बैंकिङ्ग कारोबार सुरु गरेको हो ।
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्धेश्य सहित शाखा सञ्चालनमा ल्याएको र सेवाग्राहीलाइ अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवाप्रदान गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए ।
उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतले स्थापनाकाल देखिनै ग्राहकहरुको पहिलो रोजाइको बैंक रहेको एभरेष्टले यस क्षेत्रका सेवाग्राहीको मनजित्न सफल भएको बताए ।
बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन् । देशै भर १०८ शाखा संजाल, प्रादेशिक कार्यालय, १४१ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.