न्यूज ओके रिपोर्टर
भैरहवा ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था ओमसतिया रुपन्देहीले महिला उद्यमी व्यवसायीहरुलाई सम्मान गरेको छ । सहकारीको महिला उपसमितिको संयोजनमा आयोजित कार्यक्रममा यस पटक छनोटमा परेका सफल उद्यमी व्यवसायी महिला सदस्यहरु मध्ये शुभओम इम्पोरियम कोटिहवाकी सञ्चालिका अनिता शर्मा, मनिता व्युटिपार्लर कोटीहवाकी मनिता गुरुङ्ग, ढेंगा जनरल स्टोर ठुटिपीपलकी धनमाया ढेंगा, समा ब्युटिपार्लर ठुटिपीपलकी सरिता क्षेत्री र न्यू स्टार ब्यूटी ट्रेनिङ्ग सेन्टर ठुटिपीपलका धनसरा गुरुङ रहेका छन् । पाँचै जनालाई सहकारीले उत्कृष्ट एवं सफल महिला उद्यमी व्यवसायीको रुपमा छनौट गरी सम्मानित गरेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले बताएका छन् ।
उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश बचत सहकारी संघको संचालक तथा महिला उद्यमी फुल कुमारी गिरि (सीमा), सहकारीको महिला उपसमिति संयोजक तथा संचालक लक्ष्मी देवी के.सी., सहकारीका अध्यक्ष डी.बि.थापा एवम् नारी विकास संघ ओमसतिया अध्यक्ष शिव कुमारी मल्लले सम्मान गरेकी थिएन् । सो क्रममा महिला उद्यमीहरुको छोटो भिडियो कथा पनि प्रदर्शन गरिएको थियो ।
सोहि क्रममा सहकारीका ७० वर्ष पुगेका ३३ जना जेष्ठ नागरिक महिला सदस्यहरुलाई पेन्सन सहित महउपहार वितरण गरिएको थियो । नारी बचतकर्ता महिला सदस्य मध्ये ४० जना उत्कृष्ट बचतकर्तालाई सल ओढाएर सम्मान समेत गरिएको थियो । महिला सदस्य, उद्यमीहरुलाई सम्मानित गर्दै प्रमुख अतिथि गिरिले नेपालमा महिला वर्गको लागि दुई किसिमको विधि विधानले महिलाहरु प्रभावित भएको बताउँदै कानूनले थुप्रै अधिकारको ग्यारेन्टी गरेता पनि परम्परागत विधि, संस्कारले महिला सशक्तीकरणमा बाधा पारेको बताइन् । हाम्रो समाजमा बाबुआमाले सानैदेखि छोरा र छोरीमा गरिने व्यवहारले नै विभेदकारी मानसिकता बोकाउने संस्कार भएकोले महिला पछाडी पर्ने गर्छन् भन्ने विचार राख्दै अब महिलाले आफ्नै घरबाट छोरीलाइ सशक्त बनाउँदै लैजानु पर्ने उहाँको भनाई थियो ।
महिला वर्ग अब चुलोचौकोमा मात्र सिमित नभई उद्यम गर्ने सोच बदल्न आह्वान गर्दै कुनै पनि काम सानोठूलो नहुने कुरा बताउदै आफूले गरेको व्यवसायको बारे संक्षेपमा बताउदै नयाँ सोच राखेर व्यवसाय गर्दा धरै फलदायी हुने गिरीको भनाई थियो । सहकारीका अध्यक्ष थापाले संस्थाको संक्षिप्त परिचय सहित संस्थाले सदस्य लक्षित निरन्तर कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भमा महिला दिवसको अवसरमा महिला सदस्य केन्द्रित विशेष कार्यक्रम आयोजना गरेको जनाउदै हामी सबैले सुनेर हेरेर मात्रै नहुने र सिकेका कुरा व्यवहारमा ल्याउन सकिए भने नारी दिवसको सार्थकता हुने विचार व्यक्त गरे । कार्यक्रममा प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेल, सल्लाहकार धनमाया गुरुङ, उपाध्यक्ष परसुराम बाँस्तोला, संचालक शशिकला गुरुङ, रानुका भण्डारी, कमला भण्डारीले सम्पूर्ण महिला वर्गलाई महिला दिवसको शुभकामना व्यक्त गरेका थिए । महिला उपसमिति सदस्य रेखा खनालको स्वागत मन्तव्य र कार्यक्रम संचालन उपसमिति सदस्य चन्द्रावती रायमाझीको रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.