- भैरहवा
जगदम्बा अल्कोवेभ प्रा.लि.ले जुरिक भोडका (अल्ट्रा प्रिमियम) नेपाली बजारमा लिएर आएको छ । नेपालमै पहिलो पटक ६ पटकसम्म फिल्टर गरी इ.एन.ए. ग्रेन स्प्रिटबाट उत्पादित जुरिक भोडकाले मदिरा प्रेमीहरुको मन जित्ने जगदम्बा अल्कोवेभ प्रा.लि.का बजार व्यवस्थापक गौरव आचार्यले बताए ।
प्रायः जसो भोडकाहरु गहुँ, जौ, आलु जस्ता वस्तुहरुबाट स्प्रिट उत्पादन गरी तयार गरिन्छ । तर जुरिक भोडका ग्रेन स्प्रिटबाट उत्पादन हुने भएकोले पिउने क्रममा मिठास र टाउको नदुखाउने, शरिर आलश्य नहुने दाबी कम्पनीको छ ।
जगदम्बा अल्कोवेभ प्रा.लि.ले भैरहवामा एका कार्यक्रम आयोजना गरी मदिरा व्यवसायी, होटल तथा रेष्टुरेण्ट व्यवसायी माझ जुरिक भोडकाको प्रमोशन गरेको हो । जुरिक भोडकाका यस क्षेत्रका वितरक तेजश विजनेश कन्सर्न प्रा.लि.का सुरज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशव ज्ञवाली, मदिरा व्यवसायी रुपन्देहीका कृष्ण गौतम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले मदिरा व्यवसायको विषयमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सुमन श्रेष्ठले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.