- भैरहवा ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तराष्ट्रिय उडान सञ्चालन भएको ३ महिना पछि पहिलो पटक नेपाली सामान विदेश तर्फ निकासी भएको छ । गएको शनिवार बिहानको जजिरा एअरवेजको उडानबाट काठमाडौंको हिमालेक्स टे«डर्सले नेपाली उत्पादन हस्तकलाका सामानहरु कुबेत हुँदै फ्रान्स पठाएको हो ।
हिमालेक्सले राइजिङ स्टार कार्गो प्रा.लि. मार्फत उनिबाट बनेका हस्तकलाका सामानहरु पठाएको हिमालेक्सका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टिकाराम गैरेले पहिलो पटक निकासी भएको बताए । पाण्डेका अनुसार सामान करीब २ टन रहेको छ । निकासी वस्तुको भन्सार महशुल शुन्य रहेको छ । ‘‘खाली प्रज्ञापन भरेको कर सहित ११३ रुपैयाँमा सामान विदेश निकासी भयो । तर राज्यमा त्यो सामानको अग्रिम विदेशी मुद्रा निकासी कर्ता मार्फत प्राप्त भयो, राज्यलाई विदेशी मुद्रा प्राप्त भयो, त्यो फाइदा हो ।’’
‘‘नेपाली हस्तकलाका सामानले विदेशमा बजार पाउनु ठूलो कुरा हो । निकासी बढाउन सरकारले बिभिन्न छुटहरु दिएको छ ।’’ भन्सार प्रमुख पाण्डेले भने ।
हस्तकलाका सामान जजिरा एयरमार्फत कुवेत हुँदै फ्रान्सको लियोन विमानस्थल पुगिसकेको जजिरा एअरवेजको कार्गो तर्फको जिएसए टपलाइन वल्र्डवाईड कार्गोका प्रबन्ध निर्देशक सुनिल कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अहिले काठमाडांै भन्दा भैरहवाबाट कार्गोको भाडादर कम्तिमा १५ प्रतिशत कम गरीएको बताए । अहिले प्रोमोशनल फेयरका रुपमा सस्तो बनाइएको छ । ‘‘भैरहवासम्म लाग्ने ढुवानी खर्च समेत धान्ने गरी कार्गो चार्ज कायम गरेका छाैं, प्रोमोशनल फेयर सस्तो भएकाले अन्यलाई पनि यस गौतम बुद्ध विमानस्थलबाट सामान पठाउन आकर्षित हुनु हुनेछ भन्ने हाम्रो अपेक्षा हो ।’’ श्रेष्ठले भने । ‘‘भैरहवाबाट कुबेतसम्म जजिरा एअरवेजबाट र कुबेतबाट जजिराको उडान नहुने स्थानमा अन्य विमान कम्पनीबाट कार्गो पठाइने र यसरी पठाउदा समेत काठमाडांैबाट भन्दा सस्तो हुन्छ ।’’ श्रेष्ठले भने । आयात–निर्यातका लागि पर्याप्त पूर्वाधार हुँदा समेत सञ्चालनमा आएको लामो समयसम्म पनि गौतमबुद्ध विमानस्थलबाट सामान निकासी–पैठारी गर्ने व्यवसायी नै आएका थिएनन् ।
धेरैले काठमाडौं स्थित त्रिभुवन विमानस्थल नै प्रयोग गर्ने गरेका थिए । ‘यस्तो अवस्थामा हामीले विमानस्थलको प्रवद्र्धन गर्न, यहाँबाट निकासी पैठारी गर्न सहज र सस्तो छ भन्ने सन्देश दिन पनि काठमाडौंबाट सामान ल्याएर विदेश निकासी सुरु गरेका हौं’, सापकोटाले भने, ‘यसले भैरहवा र आसपासका व्यवसायीलाई हवाई उडान मार्फत गौतमबुद्ध हुँदै सामान आयात–निर्यात गर्न दवाव समेत पुग्ने छ ।’ विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले पनि यस क्षेत्रका व्यवसायीलाई आर्यात–निर्यात गर्दा गौतमबुद्धलाई प्रयोग गर्न आग्रह गर्दै निकासीमा ध्यान दिए अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले राम्रो पकड जमाउन सक्ने जनाए । ‘हामी काठमाडौं नधाऔं, सबै हिसाबले यहाँ पूर्वाधार तयार छन्’, आज टिपेको तरकारी भोलि अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्छ । बरु, धेरै उत्पादन गरौं र निकासी गरौं ।’ उनले कृषिजन्य, गार्मेन्टजन्य लगायत समान निकासका लागि प्रयत्न गर्न उद्योगी–व्यवसायी र कृषकहरुलाई आग्रह गरे । उनका अनुसार तत्काल विमानस्थलबाट कृषिजन्य समान निकासीका लागि क्वारेन्टाइन व्यवस्था छैन ।
‘‘कुनै व्यवसायीले कृषिजन्य सामान निकासी गर्छु भन्नुभयो भने त्यसको हप्ता दिनमै हामीले क्वारेन्टाइन कार्यालय खोल्छौं ।’’ दाहालले भने ।
गौतम बुद्धमा नयाँ कार्गो भवन निर्माण अन्तिम चरणमा पुगेको छ । तत्कालका लागि अस्थायी रुपमा दैनिक चार–पाँच सय टन सामाग्री आयात–निर्यात गर्न सकिने संरचना बनाइएको छ । तर, नजिकको विमानस्थल छाडेर अहिले पनि यस क्षेत्रका व्यवसायीले आफ्नो उत्पादन विदेश निर्यात गर्दा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरिरहेका छन् । नयाँ विमानस्थलको प्रवद्र्धनका लागि पनि उद्योगी–व्यवसायीले गौतम बुद्धलाई प्रयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् । जजिरा एअरवेजले भैरहवाबाट कुबेत हुँदै त्यहाँबाट अन्य देशमा उडान गर्छ । त्यो मध्ये एक देश टर्कि पनि हो, भैरहवा क्षेत्रबाट टर्किमा पनि धागो लगायतका सामान भारत हुँदै गइरहेको छ, त्यस्लाई पनि उडान मार्फत पठाउने प्रयास गरे विमानस्थलले थप काम पाउन सक्थ्यो ।
Get real time update about this post categories directly on your device, subscribe now.