- भैरहवा ।
बजाज मोटरसाइकलको भैरहवा क्षेत्रका अधिकृत बिक्रेता रहेको बज अटो मोबाइल्सले नयाँ मोडेलको बजाज पल्सर एनएस बिएस सिक्स ९ल्क् द्यक् ट० को बिक्री तथा प्रवद्र्धन सुरु गरेको छ । शुुक्रवार बजको बुद्धचोक स्थित बिक्री कक्षमा १२५ सिसि इन्जिन क्षमताको बज अटोका सञ्चालक गुरु प्रसाद क्षेत्रीले बिक्री तथा प्रवद्र्धन कार्यको शुभारम्भ गरे ।
यो मोटरसाइकलको इन्जिनमा हालसम्मकै सबैभन्दा नयाँ प्रविधि (लेटेष्ट टेक्नोलोजि) रहेको कम्पनीले जनाएको छ । बजाज पल्सरको यो भर्सनको मोटरसाइकल स्पोर्टी लुक्स, स्टाइलिस, भिन्न ग्राफिक्स विशेषता सहित रहेको बज अटोमोबाइल्स भैरहवाका मुख्य प्रबन्धक बलराम आचार्यले बताए । माइलेज राम्रो रहेको यस मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ भने दशैं, तिहार अफरमा नगद छुट समेत रहेको आचार्यले जनाए ।
Get real time update about this post categories directly on your device, subscribe now.