- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
दसैैंमा नयाँ नोटको प्रचलन अत्यधिक हुने र नयाँ नोटलाई बिभिन्न तरिकाले बिगार्ने गरेको पाइन्छ । त्यसैले दसैंमा नयाँ नोटको सुरक्षा गर्न निम्न १० उपाय अपनाउन सकिन्छ ।
१) नोटमा अक्षता अबिर नछकिई दक्षिणा प्रदान गर्ने ।
२) दक्षिणा दिइने नोटलाई खाममा राखेर प्रदान गर्ने ।
३) नयाँ नोटमा जल (पानी नछर्कने) र पैसा राख्ने ब्यागमा (पर्स) मा राख्ने ।
४) नयाँ नोटलाई कच्याककुचुक नगर्ने ।
५) नयाँ नोटसंगै सफा र सुकिला नोटहरू पनि दक्षिणाको रूपमा प्रदान गर्ने ।
६) सामूहिक रूपमा दक्षिणा प्रदान गर्ने ।
७) चिल्लो पदार्थ समातेको हातले नयाँ मात्र होइन कुनै पनि नोट नसमात्ने ।
८) आवश्यकभन्दा बढी नयाँ नोट सटही र सञ्चय नगर्ने
९) बच्चाबच्चीले प्राप्त गरेको नयाँ नोट जतन गरी राम्ररी राख्ने । केटाकेटीले नयाँ नोट खेलाउने र च्यात्ने गरेको पाइन्छ ।
१०) दक्षिणा बापत प्राप्त भएका नयाँ नोटहरू जम्मा गरी बैंक खुलेपछि आफ्नो खातामा बचत गर्ने ।
Get real time update about this post categories directly on your device, subscribe now.