- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–१२, रूपन्देहीको२८ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले सभाले संस्थाको चालु आर्थिक वर्ष ०७९।०८० का लागि २५ करोड ५५ लाख ५० हजारको बजेट समेत सर्वसम्मत पारित गरेको छ ।
सभाले वार्षिक बजेट, नीति तथा कार्यक्रम र लेखा सुपरिवेक्षण समिति संयोजकबाट प्रस्तुत आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०७८।०७९ को वार्षिक लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षता तथा सहकारी संस्थाका ज्येष्ठ शेयर सदस्य येम बहादुर रसाइलीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष तथा संचालक पदाधिकारीहरूले सहकारीको तर्फबाट संस्थाका सत्तरी वर्ष भन्दा माथिका ३२ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो भने शेयर सदस्य पल्लवी कार्कीलाई २०७८ सालको नर्सिङ तर्फ र शेयर सदस्य कृष्णचन्द्र बस्यालकी सुपुत्री एलिजा बस्याललाई कक्षा ११र१२ मा उत्कृष्ट अंक ल्याएकोमा नगद तथा सम्मानपत्रबाट सम्मान गरिएको संस्थाका प्रबन्धक राम प्रसाद बरालले बताए ।
सो अवसरमा प्रमुख अतिथि येम बहादुर रसाइलीले सहकारीको लगानी उत्पादनशील क्षेत्रमा सदस्य केन्द्रित लगानी गर्नु पर्नेमा जोड दिदै उहाँले सहकारी संस्थामा सदस्य बन्नु पुर्व संस्थाको संचालकहरूको पहिचान गर्ने, संस्थागत आर्थिक गतिविधी हेरेर मात्र सदस्य बन्न जोड दिए । उन्ले सहकारीका सदस्यहरूको आयस्रोत वृद्धिका साथै संस्थामा आवद्ध सबै सदस्यहरूको अर्थिक रूपमा विकास गराउनमा सहकारी संस्थाको ठुलो भूमिका रहने उल्लेख गरे ।
साधारण सभामा सिद्धार्थनगर नगर पालिकाका सहकारी अधिकृत कमलकान्त खनालले वर्तमान अवश्थामा सहकारी र सहकारी संस्थाका शेयर सदस्यहरूको साधारण सभामा भूमिका, तथा विभागबाट जारी निर्देशिकाका बारेमा प्रशिक्षण मूलक प्रस्तुती गरेका थिए ।
सभाका अध्यक्ष इन्द्र बहादुर थापाले प्रमुख अतिथि र विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए भने संस्थाका प्रबन्धक राम प्रसाद बराललाई समेत सभामा कदर पत्रले सम्मान गरिएको थियो । कुल सदस्य ८२० जनामा ५०५ शेयर सदस्यहरूको उपस्थिती रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.