- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
चर्चित युवा गायक हेमन्त शर्मा । स्थायी घर सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ भानुपथ । हालको बसाई काठमाण्डौ । गायन पेशा । देश बिदेशमा कार्यत्रलममा गायनका लागि धेरै अनुरोध हरु आउने गर्छ शर्मा लाई । सबै स्थानमा समय दिने इच्छा हुन्छ, तर चाहेर पनि कतिपय स्थानमा जानसक्दैनन उनि समय अभाबले गर्दा । व्यस्तसमयबाट केही फुर्सद निकालेर बेला बेलामा जन्मस्थल भैरहवा आइरहन्छन गायक शर्मा । भैरहवालाई अति माया गर्छन् उनि । यहाका राम्रा नराम्रा कुराहरु देखेका भोगेका अरुले सुनाएका कुरा मनन गर्छन उनि । केही हुन्छ की भनि कसैलाई सुनाउछन त कहिले सार्बजनिक सञ्जालमा पोष्टयाउछन उनि देखेका सुनेका समस्याहरु दुखहरु ।
आज बिहान पनि उन्ले सुनसान जस्तै देखिएको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल प्रबेशद्धारबाट फोटो सहित बिमानस्थलका बारेमा मनछुने कुरा लेखेर पोष्ट गरेका छन्, उन्को भनाईलाई शिर्षक सहित हामीले जस्ताको तस्तै पोष्ट राखेका छौ ।
एउटा सम्म “राष्ट्रीय नेता” नभाको देशको नागरिकको हैसियतले दुखका साथ यो लेख्दैछु आज भैरहवाबाट ।
यो पृष्ठभूमिमा देखिएको सुनसान तस्वीर नेपालको ठुलो लगानीमा बनेको, नया‘ बिमान स्थल, मेरो घर भैरहवामा अवस्थित “गौतम बुद्ध बिमान स्थल” को हो। नामले चै अन्तर्राष्ट्रीय बिमानस्थल हो यो। हुनलाई देशको एकदमै महत्वपूर्ण बिकाश आधार पनि हो तर दुर्भाग्य, संचालनको आधा बर्ष बितिसक्दा पनि दैनिक एक फ्लाईट छैन।
एउटा मात्र Jazeera Airlines ले कतान गर्ने भनेको दैनिक Flight पनि रोक्न बाध्य भएछ , राज्यको अदुरदर्शी नितीले। खास गरी श्रमिक यात्रुलाई लाई उड्नु अघि गरिनुपर्ने काम श्रम, मेडिकल लगायतका निम्ति पनि काठमाण्डौं नपुगि नहुने अवस्था पनि रहेछ। अन्य अन्तर्राष्ट्रीय Airlines लाई आकर्षित गर्न न “छोटो रूट”का निम्ति पहल भयो न अन्य केहि। छोटो रूटका निम्ति त भारत सँग एक Diplomatic पहल काफि छ, छन त। सुन्नमा आको, नजिक जसो पर्ने भारतको गोरखपुर बिमान स्थलको भारतिय कुरा त बाहाना मात्र हो।बर्षेनि भारतले कैयौं सम्झौता गर्छ नेपाल सँग आफ्नो हितमा, कैयौं फाईदा लिन्छ के तेति बेला सल्टाउन सकिन्थेन यो रूटको कुरा उहिल्यै निर्माण कै क्रममा? उता बिचरा पोखराको अन्तर्राष्ट्रीय भनिदों बिमान स्थलको हालत हामी सबैलाई थाह छ। अझ निजगढका कुरा बरै।तर बिडम्बना पछिल्ला कैयौं बर्ष देखि एउटा सम्म “राष्ट्रीय नेता” जो ईमानदार अनि कुटनितिज्ञ पनि होस्, छैनन् मेरो देशमा। ठुला ठुला नेता भनाउदा जति पनि छन् यै “लुम्बिनी प्रदेश” मै पनि तर काम केहि छैन सत्तामा जानु बाहेक। मोटामोटी सबै खाले पार्टीका नेता भोगियो। चुनावको बेला भाकोले यहि Airport का बारे केहि घोषणा भरे भोली कुनै नेताले गरिदिन बेर छैन। तेस्ता भ्रममा कति मख्ख पर्नु। हामी जनतालाई चुनावको बेला नेताले “नमस्कार” गर्दिए पुग्छ। अझ २ शब्द बोलिदिए तिनकै गुनगानमा झ्याली पिट्छौ। समस्या हामीमा छ नेतामा भन्दा। आँखा चिम्म गरेर सोचौ अनि आउँदो चुनावमा निर्णय गरौ।
फेरि भन्छु पुरस्कार र दण्डको ब्यवस्था जे मा पनि हुनुपर्दछ। चाहे काम, चाहे सम्बन्ध, चाहे प्रेम, चाहे राजनीति ।
(तस्बिर गायक शर्माको फेसबुकबाट लिईएको हो )
Get real time update about this post categories directly on your device, subscribe now.