• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

अर्घाखाँची सिमेन्ट भारत निर्यात

Shree News Ok by Shree News Ok
१ कार्तिक २०७९, मंगलवार १२:१०
1 min read
33 0
32
SHARES
62
VIEWS
  • मनोरञ्जन शर्मा  ,भैरहवा

केही वर्षअघिसम्म सिमेन्ट तथा क्लिंकर दुवैमा भारतसँग आत्मनिर्भर रहेको नेपाल अब सिमेन्ट र क्लिंकर दुवै भारत निकासी गर्न सक्षम भएको छ । सोमबारमात्रै अर्घाखाँची सिमेन्ट उद्योगले भारतमा सिमेन्ट निर्यात सुरु गरेको छ । रुपन्देही जिल्लाको सियारी गाउँपालिकास्थित मैनहियामा रहेको अर्घाखाँची सिमेन्ट उद्योग नेपालकै ठूलो सिमेन्ट उद्योगमध्येको एक हो । उद्योगले भैरहवाको बेलहिया नाका हुँदै सिमेन्ट भारत निर्यात सुरु गरेको हो । भारतको उत्तरप्रदेश राज्यको महाराजगन्ज जिल्लाको आनन्दनगर र नौतनवास्थित सुभांसु एसोसिएट डिलरलाई ७० टन (एक हजार चार सय बोरा) सिमेन्ट निर्यात गरिएको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए ।

भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस)ले अर्घाखाँची सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै अर्घाखाँची सिमेन्टको भारततर्फ निर्यात अघि बढेको अग्रवालले बताए । “सुरुवाती पहिलो दिन २ ट्रकमा ७० टन सिमेन्ट निर्यात भएको छ । विस्तारै निर्यात परिमाण बढछ,” उनले भने । भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । अर्घाखाँचीले भारतबाट असोज पहिलो साता आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेको हो ।

चालू आर्थिक वर्षको बजेटमा सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा गरेको थियो । जसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात अनुदान कार्यविधि केही दिनअघि मात्रै संशोधन गरेको थियो । बजेटमा सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने घोषणा गरेको थियो । त्यसपछि विभिन्न उद्योगले भारतीय बजारमा आफ्नो उत्पादन निर्यात सुरु गरेका हुन् । यसअघि तानसेन सिमेन्ट र श्री स्टिल्सले आफ्नो उत्पादन भारत निर्यात सुरु गरिसकेका छन् । अर्घाखाँचीले ओपीसी र पीपीसी दुवैको गुणस्तर चिन्ह भारतबाट पाए पनि अहिले पीपीसी सिमेन्ट निर्यात सुरु गरेको हो । “भारतमा ओपीसीको तुलनामा पीपीसी अत्यधिक प्रयोग हुन्छ, त्यसैले हामीले पनि बजार अध्ययनपछि नै पीपीसी सिमेन्ट निर्यात गरेका हौं,” उद्योगका प्रबन्ध निर्देशक राजेश अग्रवालले भने । सरकारले ५० करोडभन्दा कम निर्यात गर्ने उद्योगलाई ४ प्रतिशत मात्रै अनुदान दिने जनाएको छ ।

उद्योगका सञ्चालक पशुपति मुरारकाले उद्योग स्थापना गर्दाको लक्ष्य पूरा भएको बताउँदै असोज ३१ गतेको दिन आफूहरुको लागि ऐतिहासिक भएको बताए । “अर्घाखाँची सिमेन्ट उद्योग स्थापना गर्दा नै लक्ष्य थियो भारत निर्यात गर्ने । आज सफल भएका छौं । मेरो जीवनको आज अत्यन्तै ऐतिहासिक र खुशीको दिन हो । हाम्रो उत्पादन भारतीय बजारमा जान सुरु गरेको छ,” मुरारकाले भने । सरकारले बजेटमा वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको मुरारकाको भनाइ छ । “हाम्रो लागत त भारतीय सिमेन्टको भन्दा महँगो पर्छ । सरकारले अनुदान दिएकाले सहज भएको हो । निर्यातको वातावरण बनाउने सरकारलाई धन्यवाद भन्न चाहन्छौं,” उनले भने । नेपाली सिमेन्ट भारतीय सिमेन्टजत्तिको गुणस्तरयुक्त रहेको र सरकारले निर्यातमा दिएको अनुदानसँगै अन्य सुविधा थप गरे भारतीय सिमेन्टसँग सहज प्रतिष्पर्धा गरी बजारमा पकड जमाउन सजिलो हुने उनको तर्क थियो । भैरहवासँग सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा सिमेन्ट उद्योग छैन । सबैभन्दा नजिक भनेको मध्यप्रदेश हो, जुन ८–९ सय किमी टाढा पर्छ उत्तर प्रदेशबाट । त्यसैले पनि नेपालका सिमेन्टहरुले भारतको उत्तर प्रदेशसँगै बिहार राज्यमा सजिलैसँग बजार पाउन सक्ने अनुमान छ । अहिले उद्योग सञ्चालनका लागि कोइला दक्षिण अफ्रिका लगायतका तेश्रो मुलुकबाट आउने गरेको छ । कोइला भारतकै दोश्रो बजारबाट आयात गर्न सके समयसँगै उत्पादन लागतसमेत घट्ने प्रबन्ध निर्देशक अग्रवाल बताउँछन् । “यसका लागि सरकारले पहल गर्नुपर्छ । जति बढी सामान हामी भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ,” उनले भने ।

अर्घाखाँची सिमेन्ट उद्योगले दैनिक उत्पादन क्षमता २ हजार २ सय टन राखेको छ । उद्योगले क्लिंकरसमेत उत्पादन गर्दै आएको छ । क्लिंकर पनि निर्यात गर्न सक्ने र छिटै भारतको बनारसमा निर्यात गर्ने तयारी गरिरहेको उद्योगका अर्का सञ्चालक गौरव अग्रवालले बताए । “नेपालमा सिमेन्ट उद्योगबाट उत्पादन बढिरहेकोले बढी भएको सिमेन्ट भारतीय बजारमा निर्यात गर्न सकिन्छ, जुन अहिले सुरु भएको छ,” उनले भने ।
भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा सिमेन्ट उद्योग र चुनढुंगा पनि छैन । यसले गर्दा पनि नेपाली सिमेन्ट भारतीय बजारमा प्रतिस्पर्धी बन्ने छ । ती राज्यका लागि नजिकको क्षेत्र भनेको छत्तिसगढ वा मध्य प्रदेश नै हो । त्यसैले पनि नेपाली सिमेन्टको बजार उत्तर प्रदेश, बिहार र पश्चिम बंगाल बन्न सक्छ । भारतिय बजारमा अर्घाखाँची सिमेन्टको मूल्य भारतीय मूल्यभन्दा कम रहने जनाइएको छ ।
अर्घाखाँची सिमेन्ट उद्योग २०६७ सालमा स्थापना भएको हो । सुरुमा क्लिंकर उत्पादन सुरु गरेको यो उद्योगले २०७१ सालबाट सिमेन्ट उत्पादन सुरु गरेको हो । उद्योगमा डेनमार्कको प्रविधि रहेको उद्योगका नायब महाप्रबन्धक कृष्ण पाण्डेले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?