- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
राष्ट्रिय कर सप्ताहको अवसरमा भैरहवा क्षेत्रका ४ उद्योगी व्यवसायीहरु सम्मानित भएका छन् । कर सप्ताहको अन्तिम दिन समापनका अवसरमा सबै भन्दा बढी आयकर तिने आन्तरिक राजस्व कार्यालय भैरहवा क्षेत्र अन्तरगतका ४ करदाताहरुलाई उत्कृष्ट घोषित गर्दै कार्यालयले एक कार्यक्रमका बिच सम्मानपत्रले सम्मानित गरेको हो ।
उत्कृष्ट हुँदै सम्मानित हुने सस्था एवं व्यवसायीहरुमा सेवा क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने स्वाभिमान लघुवित्तीय संस्था लि. तिलोत्तमा ६, मणिग्राम, उद्योग व्यापार सेवा क्षेत्रबाट सबैभन्दा बढी मूल्य अभिबृद्धी कर दाखिला गर्ने मायादेवी गाउपालिका वडा नम्बर ८ उच्चमीको विजार्ड फ्रेग्रेन्स इण्डष्ट्रिज, व्यापार क्षेत्रबाट सबै भन्दा बढी आयकर दाखिला गर्ने मायादेवी गाउपालिका वडा नम्बर ८ स्थित अरुण हार्डवेयर प्रा.लि., उद्योग व्यापार सेवा क्षेत्रबाट सबैभन्दा बढी अन्त शुल्क कर दाखिला गर्ने विजय डिस्टिलरी प्रा.लि. रामग्राम १४ नवलपरासी रहेका छन् । त्यसै गरी आन्तरिक राजस्व कार्यालय भैरहवाकी नायब सुब्बा आत्मा भण्डारीलाई उल्लेखनीय एवं प्रशंसनीय कार्य गरेको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएकी छिन् । उत्कृष्ट सबैलाई प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्य सचिव डा. दिपक काफ्ले, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्ती राम निरौला लगायतले कदरपत्र सहित सम्मानित गरेका थिए ।
“स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दीगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’’ भन्ने मुल नाराका साथ राष्ट्रव्यापी रुपमा आयोजित राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह, यो वर्ष मंसिर १ देखि ७ गतेसम्म बिभिन्न कार्यक्रम आयोजना गरी मनाइने भनिए पनि यस वर्ष निर्वाचनका कार्यक्रम सोहि तिथि भित्र परेकोले विगतका वर्षहरुमा जस्तै कार्यक्रम आयोजना भएन ।
आधुनिक, पारदर्शी र वैज्ञानिक करको रुपमा परिचित मूल्य अभिवृद्धि कर नेपालमा समेत लागू गर्ने सन्दर्भमा वि.सं.२०५२ चैत्र १७ गते नेपाल राजपत्रमा प्रकाशन भएको मूल्य अभिवृद्धि कर ऐन,२०५२ देशव्यापी रुपमा वि.सं.२०५२ मंसिर १ गतेदेखि लागू भएको थियो । मू.अ.कर लागू भएको सोही मितिको सम्झनामा नेपाल सरकार मन्त्रिपरिषद्को २०६९ कार्तिक २ गतेको वि.सं.२०६९ साल मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउन थालिएको हो ।
कर सप्ताह कर प्रशासन, करदाता र सरोकारवाला निकायहरू बीचको सहकार्य, समन्वय र सहजिकरणमा सेवा प्रवाहलाई थप छिटो, छरितो र गुनासो रहित बनाउने, करदाता र कर प्रशासन बीच सौहार्दपूर्ण वातावरण सृजना गरी करसँग डर होइन, भर गर्ने अवस्थाको सृजना गर्ने, बढी कर तिर्ने करदाताहरूलाई सम्मान गरी प्रोत्साहन गर्ने, कर तिर्ने संस्कार र संस्कृति जागृत गराउने, कर प्रणाली र कर कानूनका विषयमा अन्तरक्रिया र छलफल कार्यक्रम आयोजना गरी कर सचेतना अभिवृद्धि मार्फत आन्तरिक राजस्व परिचालनमा अभिवृद्धि गर्ने लगायतका उद्देश्य राखेर मनाउने गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्ती राम निरौलाले बताए ।
रुपन्देहीका केही स्थानीय तह र पश्चिम नवलपरासी जिल्ला कार्यक्षेत्र रहेको र मातहतको करदाता सेवा कार्यालय परासीबाट समेत सेवा प्रवाह गर्दै आएको यस कार्यालयले कार्यक्षेत्र भित्रका ५० करोडसम्म वार्षिक कारोबार भएका करदाताहरूको प्रशासन गर्ने जिम्मेवारी प्राप्त गरेको कार्यालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.