- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
विद्युतीय स्कुटर तथा मोटरसाइकल उत्पादन गर्दै आएको भारतीय कम्पनी ओहम अटोमोटीभ प्रालिले नेपालमा पनि बिक्री तथा प्रवद्र्धन सुरु गरेको छ । ओहमले नेपालका लागि बिक्री तथा बितरणको जिम्मा भैरहवा स्थित ओहम इलेक्ट्रिक टेडिङ्ग प्रालिलाई दिएको छ । नेपालको अधिकृत विक्रेता रहेको ओहमले आज भैरहवामा सञ्चारकर्मी भेटघाट कार्यक्रम मार्फत सो जानकारी गराएको हो ।
आधिकारिक रुपमा सोमबारबाट बिक्री सुरु हुने ओहमका स्कुटर तथा मोटरसाईकलले १ पटक चार्ज गरेपछि कम्तिमा पनि ७० देखि १७० किमिसम्म चल्न सक्ने ओहम अटोमोटीभ प्रालिका नेपाल प्रतिनिधि अभिषेक बेरीवालले बताए ।
हैदराबादमा प्लान्ट रहेको ओहमका ओडिसी ब्राण्डका बिभिन्न १० वटा स्कुटर तथा मोटरसाइकलका भेरियन्ट मध्ये अहिले नेपालमा ३ वटा स्कुटर र १ वटा मोटरसाइकलको बिक्री सुरु भएको र बिस्तारै १० वटै भेरियन्ट उपलब्ध हुने र अहिलेसम्म नेपालमा उपलब्ध भएका विद्युतीय स्कुटर र मोटरसाइकलमा सबैभन्दा बढी माइलेज दिने यो रहेको बेरीवालले दाबी गरे ।
कम्पनीले अहिले इभिओ मोटरसाइकल ल्याएको छ । यो बिभिन्न पाँच रंगमा उपलब्ध छ । ६ घण्टामा पूर्ण रुपमा चार्ज हुने यो मोटरसाईकल १ पटक चार्ज गरेपछि १०० भन्दा बढी किमिसम्म जान सक्छ । ८० किमि प्रतिघण्टासम्म गति रहेको यो मोटरसाइकलको मूल्य ४ लाख ६५ हजार रहेकोमो अहिले बिक्री सुरुवात कार्यक्रमका लागि भन्दै केही समयसम्म ३० हजार छुट दिइएको ओहम अटोमेटीका प्रबन्ध निर्देशक रामु पन्थीले बताए ।
त्यसै गरी ४ घण्टामा पूर्ण रुपमा चार्ज हुने र एक चार्जले १७० किमिसम्म जान सक्ने हक स्कुटर पनि बिभिन्न ५ रंगमा उपलब्ध छ । यस्को मूल्य ३ लाख ३५ हजार रहेकोमा अहिले छुट ३० हजार दिइएको पन्थीले बताए । त्यसै गरी रेशर स्कुटर पनि बिभिन्न ५ रंगमा उपलब्ध रहेको तथा साढे तिन घण्टामा पूर्ण चार्ज हुने यो स्कुटर एकपटक चार्ज पछि ७५ किलो मिटर भन्दा बढी जान सक्ने र यसको मूल्य २ लाख ४५ हजार रहेकोमा अहिले २ लाख १५ हजारमा उपलब्ध छ ।
त्यसैगरी इ टु गो स्कुटर पनि ५ रंगमा उपलब्ध रहेका छन् । छुट सहित १ लाख ९५ हजार रुपैयाँ मूल्य रहेको यो स्कुटर ४ घण्टामा पूर्ण चार्ज हुने र एकपटकमा ७० किमिसम्म जान सक्छ । सबै स्कुटर तथा मोटरसाइकलहरुमा ३ वर्षको वारेन्टी र १ वर्षको ग्यारेन्टी रहेको र तथा बिक्री र बिक्री पछीका सबै सेवा उपलब्ध हुने जनाइएको छ । यो कम्पनीका मोटरसाइकल एवम् स्कुटर चार्ज गर्दा एक पटकमा बढीमा ४ युनिटसम्म विद्युत खर्च हुने बताइएको छ । कम्पनीका कर्मचारीले निर्वाचन अघि यो कम्पनीको मोटरसाइकल मुक्तिनाथसम्म सजिलै पुरयाएर हिमाल, पहाड, तराई जहाँ पनि सजिलै चल्न सक्ने प्रमाणित गरेको कम्पनीका अभिषेक बेरीवालले बताए । जहापनि सजिलै चार्ज हुने र चार्जिङ्ग स्टेशनमा भने तोकिएको समय भन्दा आधि समयमै चार्ज हुने बताइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.