• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 8, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

भैरहवामा औद्योगिक व्यापार मेलाको तयारी तीव्र

Shree News Ok by Shree News Ok
१३ मंसिर २०७९, मंगलवार १९:०८
1 min read
148 1
143
SHARES
280
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर, भैरहवा

सिद्धार्थ उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म भैरहवामा आयोजना हुने लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ को तयारी तिब्र भएको छ । यस क्षेत्रको कृषि, पर्यटन, औद्योगिक एवं व्यापार र कलासंस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव सञ्चालन हुन लागेको हो ।
२०७६ सालमा कोरोना संक्रमणको प्रभाव परेसंगै २०७७ र २०७८ मा रुपन्देही मै आर्थिक गतिविधि चलायमान बनाउने कुनै पनि मेला महोत्सव आयोजना हुन सकेको थिएन् । अहिले आयोजना हुन गइरहेको महोत्सवले भैरहवालगायत सिङ्गो रुपन्देहीको आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपानेले बताए ।

अहिले महोत्सव हुने स्थल अञ्चलपुरमा (निर्माणाधिन पाँचतारे होटल सिद्धार्थ अगाडी) धमाधम संरचना निर्माणको काम भइरहेको छ । सचिवालय निर्माण सकिएको छ भने प्रवेशद्वार र मञ्च निर्माणको काम जारी छ । यस्तै, स्टलका लागि संरचना बनाउने र कुस्ती खेलका लागि माटो पट्याउने काम पनि सकिनै लागेको स्टल तथा स्थल व्यवस्थापन समिति संयोजक एवं संघका सदस्य मंगल भण्डारीले जानकारी दिए । ‘हामीले रातदिन नभनी कामलाई तिव्रता दिएका छौं, छिट्टै मेलास्थलमा सम्पूर्ण संरचना तयार हुनेछन्’, उनले भने । भण्डारीका अनुसार करिब ६० प्रतिशत काम सकिएको छ ।

महोत्सवस्थलमा संरचना निर्माणसँगै अहिले स्टल दर्ता गर्ने काम पनि धमाधम भइरहेको आयोजकले जनाएका छन् । संघका अनुसार अहिलेसम्म २ सय बढी स्टल दर्ता भइसकेका छन् । ‘स्टल दर्ताका लागि आउनेहरु कयौं हुनुहुन्छ, सोचेभन्दा धेरै व्यवसायीले मेलामा स्टल राख्न खेज्नुभएको छ’, संघका वाणिज्य उपाध्यक्ष एवं स्टल दर्ता समिति संयोजक नेत्रप्रसाद आचार्यले भने, ‘धेरै व्यवसायी स्टल दर्ता गर्न आएको देख्दा हामी निकै उत्साहित छौं ।’ उनका अनुसार मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न उत्पादनका गरी २ सय ५० स्टलहरु रहनेछन् । स्टलमा स्थानीय उत्पादन, कृषि उपज, घरेलु एवं हस्तकलाका सामान, छाला एवं फेन्सी जुत्ता, खाद्य, तयारी पोसाक, खाद्य वस्तु, आर्गानिक उत्पादन, बिभिन्न उद्योगका उत्पादनहरुको प्रदर्शनी, रेष्टुरेन्ट लगायतका स्टल हुने आचार्यले बताए ।

लामो समय कोरोना महामारीले थला परेको उद्योग–व्यवसायलाई फस्ट्याउन र बजार चलायमान बनाउन महोत्सव कोशेढुंगा हुने अपेक्षा आयोजकले गरेका छन् । मेलालाई सफल बनाउन अहिले सहरदेखि गाउँबस्तीसम्म प्रचार–प्रसारको काम भइरहेको छ । ‘हामीले सहरी क्षेत्र र ग्रामीण इलाकालाई बराबरी प्राथमिकता दिएर प्रचार–प्रसारको काम गरिरहेका छौं’, महोत्सव प्रचार–प्रसार समिति संयोजक कृष्णप्रसाद घिमिरेले भने, ‘जसले गर्दा महोत्सव भर्न आउने दर्शकको चाँप अत्यधिक हुने अपेक्षा छ ।’

घिमिरेले लामो समय भैरहवा क्षेत्रमा महोत्सव हुन नसकेकाले पनि यसपटक संघले आयोजना गरेको मेलामा दर्शकको घुइँचो लाग्ने विश्वास व्यक्त गरे । ‘हामीले प्रचार–प्रसारका क्रममा धेरै उद्योगी–व्यवसायी, सहरदेखि ग्रामीण क्षेत्रका स्थानीय र सर्वसाधरण मेलाप्रति उत्साहित देखिएको पाएका छौं’, घिमिरेले भने, ‘यसले पनि संघलाई प्रेरणा मिलेको छ । यस्ता व्यापार मेला निरन्तर गर्नुपर्छ भन्ने बल पुगेको छ ।’

‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा उद्योग बाणिज्य संघले महोत्सव गर्न लागेको हो । संघले आयोजना गर्न लागेको यो मेला आठौं संस्करण हो । ‘मेलामा स्थानीय उत्पादन प्रदर्शनीसँगै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने विद्यालयस्तरीय नृत्य प्रतियोगिता र भ्वाइस अफ भैरहवा प्रतियोगितासमेत आकर्षणका रुपमा रहेको छ’, मेला मूल आयोजक समिति संयोजक एवं संघका अध्यक्ष न्यौपानेले भने, ‘मेलाले रुपन्देहीलाई पर्यटकीय, औद्योगिक तथा ब्यापारिक केन्द्रको रुपमा बिस्तार गर्न, यस क्षेत्रका विभिन्न जातजातिका कला–सांस्कृतिकोे संरक्षण गर्दै मुख्यतः सिद्धार्थनगर र लुम्बिनी प्रदेशको आन्तरिक र बाह्य पर्यटनलाई प्रबद्र्घन गर्ने, विभिन्न जिल्लाका मौलिक विशिष्टता बोकेका बस्तु तथा उत्पादनहरुको प्रर्दशनी तथा प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य हो ।’

महोत्सवले उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला हस्तकला र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नुका साथै आन्तरिक एवं वाह्य पर्यटकको आगमनमा वृद्घि गराउन समेत भूमिका खेल्ने न्यौपानेले बताए । ‘मेलामा गौतमबुद्ध जन्मस्थल लुम्बिनीसँगै यससँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राम लगायतका क्षेत्रमा रहेका पुरातात्विक पर्यटकीय क्षेत्रहरुमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था समेत गराइनेछ’, उनले भने, ‘यसले आन्तरिक मात्रै नभई भारतीय पर्यटकलाई समेत आकिर्षत गर्ने छ ।’ मेलामा एकै स्थलमा थरिथरिका सामान खरिदविक्री गर्न र स्वाद चाख्न पाइने भएकाले पनि सर्वसाधरणको उल्लेख्य सहभागिता हुने विश्वास संघको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?