- श्रीन्यूज ओके रिपोगर्टर,भैरहवा
ओमसतिया गाउपालिका वडा नम्बर १ मा केन्द्रिय कार्यालय रहेको श्री टुगा आस्था विकास बचत तथा ऋण सहकारी सँस्थाले ओमसतिया ३ तर्कुल्लाह स्थित जनजागृती सामुदायिक सेवा समितीलाई फोहर मैला राख्ने डस्टबिन ५ थान सहयोग गरेको छ ।
सस्थाले सहकारीको सातौ सिद्धान्त समुदाय प्रति चासो तथा सामाजिक उत्तरदायीत्व अन्तरगत सो सामग्री हस्तान्तरण गरेको टुगा आस्था विकास साकोसका मुख्य प्रबन्धक लक्ष्मण थापाले बताए ।
टुगा आस्था विकास सहकारीका अध्यक्ष डिबि थापाले सामुदायिक सस्थाका अध्यक्ष अञ्जु खनाल काप्mलेलाई सामान हस्तान्तरण गर्दै सामाजिक क्षेत्रमा साना सहयोगले पनि ठुलो काम गर्ने बताए ।सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना आस्थाश्री सेवा केन्द्रले गरेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.