• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Sunday, May 18, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

टुगा आस्था विकास सहकारीको भैरहवामा सेवा केन्द्र

Shree News Ok by Shree News Ok
२७ मंसिर २०७९, मंगलवार १९:५२
1 min read
30 0
28
SHARES
55
VIEWS

श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।


रुपन्देहीको ओमसतिया गाउँपालिका–१, कटैयामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भैरहवामा सेवा केन्द्र विस्तार गरेको छ । भैरहवामा सहकारीको सेवा केन्द्र चौथो हो । यस अघि तिलोत्तमाको कोटीहवा, ओमसतियाको ठुटीपीपल, सियारीका सेवा केन्द्र सञ्चालनमा आइसकेका छन् ।

भैरहवा सेवा केन्द्रको सञ्चालन पछि यस क्षेत्रका सर्वसाधारणले यो सहकारी मार्फत गुणस्तरीय सेवा प्राप्त गर्ने संस्थाका अध्यक्ष डीबी थापाले बताए । यसक्षेत्रका समुदायस्तरमा रहेका सानासाना पूँजिहरुलाई सङ्कलन गरी समुदायमै आवश्यकता अनुसार बिभिन्न शिर्षकमा लगानी गर्ने अध्यक्ष थापाले बताए । सहकारीको सिद्धान्त, भावना, नीति अनुसरण गर्दै अघि बढे कहिले अप्ठ्याराे नपरीने थापाले जनाए ।

संस्थाले भैरहवा सेवा केन्द्रबाट पनि केन्द्रीय कार्यालयबाट उपलब्ध हुने सबै खाले सेवा सुबिधाहरु उपलब्ध गराउने संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले बताए । सहकारीमा सदस्यहरुका लागि ५ लाखको दुर्घटना बीमा सुबिधा, ऋण बीमा, निःशुल्क रगत सुविधा, समवेदना राहत सुविधा, स्वास्थ्य सेवामा विशेष छुट, सुत्केरी भेटघाट तथा नव दम्पति स्वागत कार्यक्रम, ज्येष्ठ नागरिक सदस्य सम्मान, बाल बचतकर्ता सम्मान लगायतका सामाजिक कार्य रहेका छन् भने बालदेखि बृद्धसम्मका लागि मासिक बचत, पर्व बचत, बालहित बचत, उद्यमी बचत, खुत्रुके बचत, नारी बचत, सरल बचत,प्रौढ बचत, दैनिक बचत, रेमिट बचत, मुद्धती बचत कार्यक्रम रहेको र ऋण सेवामा कृषि ऋण, उद्योग, व्यापार ऋण, कल लोन, रोजगार ऋण, हायर पर्चेज (उत्पादन क्षेत्र) हायर पर्चेज (अनुत्पादक क्षेत्र), शिक्षा ऋण, घर जग्गा ऋण, स्वास्थ्य उपचार ऋण, सामाजिक ऋण, कर्मचारी ऋण सहितको कार्यक्रम सञ्चालनमा रहेको थापाले बताए ।

सहकारीको भैरहवा सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ (कुमारी बैंक पछाडी भाई मार्केट परिसर) मा रहेको छ । सेवा केन्द्रको शुभारम्भ गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले आफूले धेरै पहिला देखिनै यो सहकारीको विषयमा सुन्दै आएको बताउँदै राम्रो गर्ने सहकारीलाई सम्मान, प्रोत्साहन तथा नराम्रो गर्नेलाई कारबाही गरिने बताए । प्रमुख खानले ससाना र निम्न वर्गीय सर्वसाधरणको पूँजी संकलन गर्ने र उनिहरुमै लगानी गर्ने संस्था सहकारीहरु कानूनको अधिनमा रहेर संचालन हुनुपर्नेमा जोड दिए ।
खानले टुगा सहकारीको अहिलेसम्मको अवस्था राम्रो र प्रभावकारी भएको जनाउँदै आगामी दिनमा पनि सोही अनुसार अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सहकारी महासंघका संचालक एवं जिल्ला सहकारी संघका अध्यक्ष भीमप्रसाद तुलाचन, जिल्ला बचत तथा सहकारी संघ, रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराई, पूर्व सहकारी निरीक्षक चन्द्रकान्त भट्टराई, सिद्धार्थनगर सहकारी शाखा प्रमखु कमलकान्त खनाल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, सहकारीका शेयर सदस्य मनोरंजन शर्माले अहिले सहकारीका लागि विषम परिस्थिति आएकाले सहकारीको शेयरसदस्य बन्दा संस्थाको बारेमा राम्ररी जानकारी लिएर संस्थाको बारेमा बुझेर मात्र सदस्यता लिने साथै आफूले राम्ररी चिनेको सहकारीमा मात्र गर्नु पर्ने र आकर्षक ब्याजको लोभमा नपर्न उनीहरुले आग्रह गरे ।

बाहिर अन्यत्रबाट आएका सहकारीले बदमासी गर्दा राम्रो काम गरिरहेका सहकारीलाई समेत अप्ठ्यारो परेको उनिहरुको भनाई थियो । सेवा शुभारम्भ कार्यक्रम संस्थाका उपाध्यक्ष परसुराम पोखरेलले स्वागत मन्तब्य राखेका थिए । अध्यक्ष डीबी थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव गोकुल पोखरेलले गरेका थिए ।

पहिलेको टुगा सहकारी, आस्थाश्री सहकारी र देउनारी विकास सहकारी २०७६ असोज २६ गते एकिकरण भई टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था बनेको हो ।

तस्बीरः बिशन गुरुङ

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?