- श्रीन्यूज ओके रिपोर्टर,लुम्बिनी
बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना उत्सव आयोजना हुने भएको छ । लुम्बिनी होटल एशोसियसन लुम्बिनीको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्या डिसेम्बर ३१ तारिखमा (पुस १६ गते शनिबार) सडक खाना उत्सव( फूड फेस्टिभल) आयोजना एशोसियसनका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । संघले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलन मार्फत सडक खाना उत्सवको बारेमा जानकारी गराएको हो ।
लुम्बिनीमै जाऔं, लुम्बिनीमैखाऔं, लुम्बिनीमै रमाऔं, नारा सहित बिगतका वर्षहरुमा जस्तै सडक खाना उत्सवको आयोजना यो पटक पनि भब्यताका साथ हुने पत्रकार सम्मेलनमा ज्ञवालीले बताए । लुम्बिनीमा हुने सडक खाना उत्सवको यो नवौ संस्करण हो । लुम्बिनी सडक खाना तथा सासकृतिक महोत्सब नाम रहेको कार्यक्रम बिगत १३ वर्ष देखि निरन्तर रुपमा अंग्रेजी नया वर्षलाई स्वागत गर्दै आयोजना हुदै आएको छ ।
कोरोना संक्रमणले ध्वस्त बनाएको पर्यटन बजार बिस्तारै बामेसर्दै गरेको अवस्थामा सडक खाना उत्सवले यस क्षेत्रमा रौनकता थपिने मात्र नभई अर्थतन्त्र पनि चलायमान हुने अध्यक्ष ज्ञवालीको भनाई छ । लुम्बिनी फूड फेस्टिभलमा १ सयका हाराहारीमा होटल, रेष्टुरेन्ट, लगायतका बिभिन्न स्टल हुने जनाइएको छ । फुड फेस्टिबलमा नेपाली स्वाद त्यसमा पनि स्थानिय संगै थारु, नेवार, मुस्लिम,मगर लगायतका समुदाय र विदेशीमा भारतीय,चाइनिज, थाई, कम्बोडियन, जापानी देशका खानाका परिकारहरुका स्टल रहने सस्थाका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले श्रीन्यूज ओकेलाई बताए ।
लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नँया वर्षको पूर्व सन्ध्यामा गरिने न्यू इयर इभ लुम्बिनी फूड फेस्टिभलका रुपमा देशविदेशमा एउटा ब्राण्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माको भनाई छ । हामी चाहन्छौ नया वर्ष सेलिब्रेशन गर्न कहाजाने भन्दा देश बिदेशबाट लुम्बिनी जाने भन्ने होस, यस्तै वातावरण बनोस , शर्माले भने ।
‘लुम्बिनीको महिलवार बजारमा हुने फूड फेस्टिभलमा बिबिध साँस्कृतिक कार्यक्रम पस्कने समेत आयोजकले बताएका छन् । नवौं संस्करणको लुम्बिनी फूड फेस्टीभलमा लुम्बिनीमा आउने स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामिण बजारबाट मात्र नभई सिमावर्ति भारतीय बजारबाट समेत सहभागी हुन आउने अपेक्षा आयोजकको छ । फूड फेस्टीभलमा खाद्य परिकारमा पाच तारे होटल साथै स्थानिय एव पाल्पा लगायत छिमेकी जिल्लाका परिकार हरु मात्र नभई स्थानीय घरेलु सामग्री, ह्याण्डी क्राफ्टस , लोकल गार्मेन्टस्का स्टल समेत राखिने र त्यसले सहभागी हुन आउनेलाई थप आकर्षण हुने आयोजक लुम्बिनी होटल संघका महासचिब पुरुसोत्तम अर्यालले बताए । लुम्बिनी बजारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेस्टीभल आयोजना हुनेछ । सडक खाना महोत्सवका दिन लुम्बिनी क्षेत्रका होटलहरुमा आवासमा ३० प्रतिशत विशेष छुट दिइने आयोजकले बताएका छन् ।सडक खाना महोत्सबमा भारतिय सिमावर्ति बजार र लखनउ सम्म बाट पर्यटक आउने अनुमान आयोजकको छ। भारतिय सिमावर्ति बजार तथा भैरहवा , बुटवल , तौलिहवा बाट बस यातायातको ब्यवस्था गरिने आयोजकले बताएका छ्न ।
Get real time update about this post categories directly on your device, subscribe now.