- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
‘ग्लोसी ड्यामशिल्ड पेन्ट्स’ बजारमा आएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकास्थित पड्सरीमा रहेको ग्लोसी पेन्टस प्रा.लि.ले आइतबारदेखि नयाँ ब्राण्डको पेन्ट्स बजारमा ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार चौधरीले आफ्ना बितरक माझ नयाँ ब्राण्डको पेन्ट्स सार्वजनिक गर्दैै अत्याधुनिक प्रविधिबाट बनाइएकोले यो पेन्ट लामो समय टिकाउ रहने बताए ।
‘‘कम्तिमा सात–आठ वर्षसम्म यो पेन्ट्स टिक्छ, ढुक्क भएर प्रयोग गर्न आग्रह गर्दछु’’, ‘‘गुणस्तरमा कुनै सम्झौता गरिएको छैन । विदेशी पेन्ट्स भन्दा निकै राम्रो र गुणस्तरीय छ, चमक बढी छ ।’’ उनले भने । सुरुवाती समयदेखीनै ग्राहकहरुको रोजाई बन्दै गएको छ ग्लोसी पेन्ट बजारको माग, उपभोक्ताको रोजाई र लामो समय टिकाउने हुने भएकाले यो पेन्ट्स उत्पादन गरि बजारमा ल्याइएको हो, चौधरीले भने ।
कम्पनीले यस अघि एभरशिल्ड, ग्लोसी साइन इमुल्सन, ग्लोसी वाल पुटिन, ग्लोसी अक्वाशिल्ड, ग्लोसी इको प्राइम, ग्लोसी रंगोली, ग्लोसी सेन्थेटिक इनामेल लगायतका ब्राण्डहरु बजामा ल्याइसकेको छ । ८ वर्ष अघि बाट इनामेल र पुटिनबाट उत्पादन सुरु गरेको कम्पनीले ४ वर्ष अघिदेखि पेन्ट्सको उत्पादन सुरु गरेको हो ।
‘‘हाम्रा उत्पादन अहिलेसम्म ग्राहकले अत्याधिक प्रयोगमा ल्याउनु भएको छ । मन पराउनु भएको छ’’, चौधरीले भने, ‘‘टिकाउ धेरै भएपछि सबैको रोजाईमा परेको हो, यसबाट हामी धेरै नै उत्साहित छौं र यो नयाँ ब्रान्ड ‘ग्लोसी ड्यामशिल्ड पेन्ट्स’ पनि उपभोक्ताले मनपराउनु हुनेमा बिश्वस्त छौं ।’’ उनले भने ।
बिक्रेतासँग छलफल
यसैबीच कम्पनीले रुपन्देही र यस असपासका जिल्लाहरुमा रहेका बिक्रेता (डिलर्स) व्यवसायीसँग छलफल गरेको छ । छलफलमा बिक्रेता व्यवसायीहरुले विगतमा आफूहरुले अन्य कम्पनीका पेन्ट्स बिक्री गर्दै आएकामा ग्लोसीको गुणस्तरीयता राम्रो पाइएपछि अहिले यसमा आबद्ध भएको बताएका थिए ।
उनीहरुले पछिल्लो समय ग्लोसीका उत्पादनहरुले उपभोक्ताको मन जित्दै गएकाले गुणस्तरीयतामा कहिल्यै सम्झौता गर्न नहुने धारणा राखेका थिए । ‘कम्पनीले अहिलेकै जस्तै गुणस्तरीय पेन्ट उत्पादन गरे भोलिका दिनमा नेपाली बजारको धेरै क्षेत्र ग्लोसीको रहने बिक्रेता एवं व्यवसायीले बताएका थिए ।
प्रालिका प्रबन्ध निर्देशक चौधरीले ग्लोसी पेन्ट्स उत्पादनको उद्देश्य भनेकै व्यावसायिक र आवासीय क्षेत्रहरुमा नेपालीहरुले नेपाली उत्पादनकै पेन्ट्सको प्रयोग गरुन् भन्ने रहेको जनाए । ‘हाम्रा उत्पादनहरु नवीनतम प्रविधिको साथ विकसित गरिएका छन् र उच्च गुणस्तरका छन् । हामीसँग म्याटदेखि ग्लोसीसम्म विभिन्न प्रकारका फिनिशहरु पनि छन्, जसले हाम्रा ग्राहकहरूको घर वा व्यवसायको लागि आकर्षक लुक्स दिएको छ र आगामी दिनमा पनि दिन्छ भन्ने हाम्रो विश्वास हो’, चौधरीले भने ।
सबैको मायाका कारण स्थापनको छोटो समयमै पेन्ट्सले राम्रो बजार पाएको उनले बताए । ‘ठाउँठाउँमा रहेका डिलर्सहरु मार्फत पेन्ट्सको बिक्रीवितरण हुँदै आएको छ । अहिलेसम्म हामीले ग्लोसी पेन्टस् प्रयोग गर्नुभएका सम्पूर्ण उपभोक्ताहरु सन्तुष्ट भएको पाएका छौं । पेन्टसलाई छोटो समयमा यहाँसम्म पु¥याउन डिलर्स व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको छ’, उनले भने, ‘आगामी दिनमा पनि यस्तै सहयोग आवश्यक छ ।’ उनले आगामी दिनमा पनि हाम्रै नेपाली उत्पादन ग्लोसी पेन्ट्सलाई मुलुकभर १ नम्बर बनाउन डिलर्स व्यवसायीले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
Get real time update about this post categories directly on your device, subscribe now.