• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Friday, May 9, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

बुद्धजन्मस्थल लुम्बिनीमा ९ लाख पर्यटक

Shree News Ok by Shree News Ok
२२ पुष २०७९, शुक्रबार ०९:४३
1 min read
21 1

Mayadevi Temple view

20
SHARES
39
VIEWS
  • मनोरञ्जन शर्मा
    भैरहवा ।


सन् २०२२ मा ९ लाख पर्यटक बुद्धजन्मस्थल लुम्बिनी पुगेका छन् । कोरोना भाइरस संक्रमण न्यून भए पछि पर्यटकका लागि खुल्ला गरिएको बुद्ध जन्मस्थली लुम्बिनी क्षेत्र भ्रमण गर्ने पर्यटकहरु अहिले बढ्दै गएका छन् । सन् २०२१मा कुल ५ लाख ८ हजार ८ सय ९२ पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तव्य बनाएकोमा २०२२ मा लुम्बिनीलाई आफ्नो भ्रमण गन्तव्य बनाउनेको संख्या ९ लाख १ सय ८३ पुगेको छ ।

सो वर्ष ६ लाख ४६ हजार ७८ नेपाली पर्यटकले लुम्बिनी भ्रमण गर्दा भारतीय पर्यटक २ लाख ३० हजार ४ सय १३ जना तथा तेश्रो मुलुकका पर्यटकहरु २३ हजार ६ सय ९२ पर्यटकले लुम्बिनी भ्रमण गरेको लुम्बिनी विकास कोष सूचना शाखाका अधिकारी राजन बस्नेतले जानकारी दिए । भारतीय पर्यटक भने लुम्बिनीकै इतिहासमा सर्वाधिक आएका हुन् ।

सूचना शाखा अनुसार २०२१मा नेपाली ४ लाख ६३ हजार ९ सय ६३ जना, भारतीय ४३ हजार ७ सय ३२ तथा तेश्रो मुलुकका १ हजार १ सय ९७ जना पर्यटक लुम्बिनी आएका थिए । नेपाली पर्यटकहरु आउने क्रम बढेको छ । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मबाट लुम्बिनी घुम्न आएका छन्, सबै भन्दा बढी डिसेम्बर महिना (मंसिर १५ देखिपुस १६ सम्म १ लाख १ सय ९६) जना नेपाली पर्यटक लुम्बिनी भ्रमणका लागि पुगेका थिए ।

सन् २०१९ पछि सबै भन्दा बढी पर्यटक लुम्बिनी पुगेका हुन् । २०१९ मा ११ लाख ७८ हजार १ सय ४० नेपाली, २ लाख ६ हजार १ सय ७१ भारतीय र १ लाख ७४ हजार १५ तेश्रो मुलुकका गरी कुल १५ लाख ५८ हजार ३ सय २६ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए ।

२०२२ मा लुम्बिनी आउने तेश्रो मुलुकका पर्यटकहरु (राहदानी बाहक) मा सबैभन्दा बढी भियतनामका ६ हजार ६ सय ७३, थाईल्याण्डका ४ हजार ३ सय ८०, श्रीलंकाका १ हजार ८ सय ८५, म्यान्मारका १ हजार ४ सय ९५,जर्मनीका ९ सय ५०, अमेरीकाका ९ सय २४, फ्रान्सका ६ सय ६१, मलेशियाका ६ सय ४२, दक्षिण कोरियाका ६ सय १७, नेदरल्याण्डका ४ सय ६३, इन्डोनेशियाका ४ सय ६३, चिनका ४ सय ३२, स्पेनका ३ सय ७३ लगायत बिभिन्न ९५ देशका पर्यटक छन् । रुस, स्पेन, इटाली, डेनमार्क, अष्ट्रेलिया, सिंगापुर, जापान, अर्जेन्टिना लगायतका मुलुकबाट पनि लुम्बिनी भ्रमणमा आउने पर्यटक उल्लेख्य रहेका छन् ।

अहिले संख्याको आधारमा पर्यटक आगमन राम्रो छ, यस्तै तरिकाले पर्यटक आगमन बढ्यो भने पुरानै लयमा फर्कन्छ लुम्बिनी, विदेशी पर्यटक पनि बिस्तारै बढीरहेका छन् , लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भने ।

लुम्बिनी भ्रमणमा जानेमा लुम्बिनीसंग जोडिएका क्षेत्रहरु भैरहवा, बुटवल, कपिलवस्तु, नवलपरासीका बढी छन् भने अन्य टाढा टाढाबाट पनि आएको पाइएको छ । मायादेवी मन्दिरमा रुपन्देही, नवलपरासी र कपिलवस्तुका सर्बसाधारणलाई परिचयपत्रका आधारमा प्रवेश निःशुल्क छ भने अन्य जिल्लाका लागि प्रवेश शुल्क लाग्छ, यही प्रवेशका आधारमा पर्यटक आगमन गणना हुने गरेको छ, लुम्बिनी भ्रमणमा आउने प्रायः सबै मायादेवी मन्दिर पुग्ने गरेका छन् ।

पर्यटकहरुका लागि मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, बिभिन्न स्वदेशी तथा बिदेशी बिहार, विश्व शान्ति द्विप, केन्द्रीय नहरमा नौका बिहार आकर्षक छन् । अहिले वसन्त ऋतुमा फुलेका बिभिन्न रंगिबिरंगी फुलहरु, चराको चिरबिरले पनि पर्यटकलाई आकषिीत गर्ने गरेका छन् । लुम्बिनीमा ४ सय ५० भन्दा बढी थरीका चराहरु पाइने गरेका छन् ।

आन्तरिकमा पनि सेम डे पर्यटक बढी

लुम्बिनी आउने पर्यटक बढे पनि सेम डे पर्यटकनै बढी रहेको लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले बताए । अहिले लुम्बिनीमा पर्यटक आगमन बृद्धी भएको छ । लुम्बिनी वरिपरीका पर्यटक बढी आएका छन्, जो एकै दिनमा फर्कन्छन् र केही मात्र बास बस्ने गरेका छन् । आन्तरिक मात्रै होइन बाह्य पर्यटकहरु (भारतीय र तेश्रो मुलुकका) पनि एकै दिनमा फर्कने गरेका छन् । केही भारतीय र युरोपियनहरु एकाध बास बस्ने गरेका छन् । भारतबाट प्याकेज बनाई आउने तेश्रो मुलुकका पर्यटकहरु पनि सेम डे नै बढी रहेको ज्ञवालीको भनाई छ ।

कोरोनाले ध्वस्त पर्यटन क्षेत्र बिस्तारै अघि बढेको छ, पर्यटक आगमन बढेको छ, तर हामी पर्यटन व्यवसायीहरु भने लाभान्वित हुन सकेका छैनांै, पर्यटकहरुका लागि एकरात भए पनि भुलाउने गरी आध्यात्मिक गतिविधि कार्यक्रम आयोजना हुन सके पर्यटकहरुको बसाई अवधि बढाउन सकिने र पर्यटन बजार पनि फस्टाउने पर्यटन व्यवसायी एवं होटल संघ लुम्बिनीका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्मा बताउछन् । होटल संघ लुम्बिनीले आन्तरिक पर्यटकलाई लक्षित गरी लुम्बिनी भ्रमणका लागि सस्तो दरको प्याकेजहरु ल्याएको, भ्रमणमा आउने स्कुल कलेजका छात्रछात्राहरुलाई गु्रपमा छुट्टै प्याकेज बनाइएको होटल संघका निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

अर्थहवा

राजस्व लक्ष्य पछ्याउदै भैरहवा भन्सार तथा आन्तरिक राजस्व कार्यालय

अर्थहवा

नेपालको लागि वर्ष २०८१ र नयावर्षको अपेक्षा

अर्थहवा

लुम्बिनीमा नववर्षको दिन ३२ हजार बढी पर्यटक 

अर्थहवा

प्लाइउड संगै सिमेन्टको पनि निकासी सुचारु,उद्योगी खुसी

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?