- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पर्यटन क्षेत्रको प्रवद्र्धन, सम्वद्र्धन र विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताएका छन् । विकासको मुख्य आधारहरुमध्ये पर्यटन क्षेत्र भएको जनाउँदै निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिका सह्रानीय रहेको उनको भनाई थियो ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी प्रालिको २५औं वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारक्षेत्रसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए ।
‘आगामी दिनमा पर्यटन क्षेत्रमा मुलुकका धेरै नागरिकहरु सामेल हुने र त्यसमा पनि लुम्बिनी प्रदेशबासीको ठूलो योगदान रहने मुख्यमन्त्री गिरीले बताए । पछिल्लो समय यस क्षेत्रमा क्षेत्रमा केही समस्याहरु देखिएको जनाउँदै उनले प्रदेश सरकार निजी क्षेत्रका समस्या समाधान गर्दै दिगो विकासमा ध्यान दिने जनाए । सिद्धार्थ बिजनेशको मिहिनेतले सफलता हात लागेको जनाउँदै उनले यस्ता ठूला व्यवसायिक घराना र पूर्वाधारले मुलुकको आर्थिक क्षेत्रमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
ग्रुपले लुम्बिनी नजिक तथा भारतीय सीमा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक महत्वपूर्ण स्थान भैरहवामा आफनो स्थापनाको २५ वर्ष प्रवेशको अवसरमा वैशाख १ गतेबाट पाँचतारे होटल सञ्चालन गर्न लागेको भन्दै प्रशंसा गरे ।
पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा ठूलो योगदान दिएको जनाए । यस्ता विजनेश हाउसहरुको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउँदै उनले निजी क्षेत्र फस्ट्याएमा राज्यलाई पनि आर्थिक विकास गर्न सहजता हुने विश्वास व्यक्त गरे ।
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले टिकापुर, कैलालीमा सानो खाजा पसलबाट सुरु गरेको व्यवसाय आज मुलुक भर फैलनुमा सबैको साथ र सहयोग रहेको जनाए । उनले आगामी दिनमा मुलुकका मुख्य पर्यटकीय स्थलसँगै विदेशमा पनि व्यवसाय विस्तार गर्ने आफूहरुको लक्ष्य रहेको बताउदै अहिलेसम्म २४ ठाउँमा सेवा विस्तार गरेको जनाएको छ ।
२५ औं वार्षिक उत्सवको अवसर पारेर प्रालिले विभिन्न विधामा विभिन्न शाखाहरुलाई सम्मान समेत गरेको र सामाजिक उत्तरदायित्व अन्तरगत बिभिन्न संघसस्थालाई सहयोग उपलब्ध गराएको सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जनाए । सिद्धार्थ बिजनेश गु्रपले २०५४ माघ २३ मा कैलालीको टिकापुरमा ग्रामीणस्तरको सामान्य खाजा पसल सञ्चालनमा ल्याई व्यवसाय सुरु गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.