- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
टुगा आस्था बिकास बचत तथा ऋण सहकारी सस्था ओमसतिया गाउँपालिकाको वार्षिक कार्यक्रम अनुरुप चालू आर्थिक बर्षकोअर्धवार्षिक समीक्षा र संस्थाको चार वर्षिय व्यवसायिक रणनीतिक योजनाको दोश्रो त्रैमासिक समीक्षा गोष्ठी मकवानपुरको दामनमा सम्पन्न भएको छ।
चालू आर्थिक वर्षको अन्तसम्म ८४ करोड ९१ लाख पूँजी र ९ हजार १ सय ५९ जना सदस्य पुर्याउने लक्ष्य राख्दै वार्षिक नीति तथा कार्यक्रमको आवधिक समीक्षा गरिएको सस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापा श्रीसले बताए ।
बचत निक्षेप एवम् बाह्य ऋणको पूर्ण हिस्सा र संस्थागत पूँजीको केहि हिस्सा कमाउनेमा प्रयोग भएको, सदस्यको सेयर पूँजी, भुक्तानी दिनु पर्ने, अन्य दायित्व, जोखिम कर्जा पूँजी बैंकमा तरलताको रुपमा रहेको, लागत रहित कोषबाट वित्तीय लगानीमा प्रयोग भएको तथा सेयर सदस्यको सेयर र बचतबाट संस्थाले कुनै पनि स्थायी सम्पत्तिमा लगानी नगरेको पूँजीको स्रोत र प्रयोग बारे कार्यक्रममा विश्लेषण भएको थियो ।
कूल बचत निक्षेपको आधारमा समीक्षा अवधिको अन्तमा १९.६३ प्रतिशत तरलता रहेको यस सस्थाले लक्ष्य गरिएको सेयर पूंजीको ८९.३५%, बचत निक्षेपको ८४.८५%, ऋण लगानीको ७६.९९%, सेयर सदस्य ६८.०९% प्रगति भएको समीक्षा गरेको छ ।
गोष्ठीले तिन वर्ष अघिको अर्धवार्षिक देखि चालू आर्थिक वर्षको अर्धवार्षिकसम्म कूल पूँजी विस्तारमा २५.८६ प्रतिशत दरले वृद्धि भएको निष्कर्ष निकालेको छ ।
गोष्ठीले आवधिक रणनीतिक योजनामा तय गरिएको योजनालाइ आत्मसात गर्न सात बुँदे प्रतिवद्धता व्यक्त गरेको अध्यक्ष डिबि थापाले बताए।
गोष्ठी संगै मकवानपुर जिल्लामा रहेका महिला नेतृत्वद्वारा संचालित दुइवटा उत्कृष्ट बचत सहकारीहरु महिला मिलन र जनचेतना साकोसको अवलोकन भ्रमण पनि गरेको छ ।
समुदायमा आधारित भएर सस्था चलाउन सकेमा वर्तमान अवस्थामा सहकारी प्रति देखिएको नकारात्मक संदेशले कुनै पनि असर नगर्ने रहेछ भन्ने ज्वलन्त उदाहरण भ्रमण टोलिले नजिकबाट अवलोकन गर्न सफल भएकोछ ।
फागुन ५ देखी देखि ७ गतेसम्म आयोजना भएको कार्यक्रममा ५४ जनाको सहभागिता थियो ।
कार्यक्रमको नेतृत्व संस्था अध्यक्ष डी.बि.थापा, संयोजक शिक्षा उपसमिति गोकुल पोखरेल, गोष्ठी कार्यक्रम संचालन सचिव जीत बहादुर रास्कोटी, समीक्षा सामग्री प्रस्तुतीकरण मुख्य प्रवन्धक लक्ष्मण कुमार थापा र अर्थ संयोजन प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.