- मनोरञ्जन शर्मा
भैरहवा ।
सिद्धार्थ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुदैछ । कर्पोरेट उपाध्यक्ष (१), सह कोषाध्यक्ष(१) एशोसियट सदस्य (२) र महिला सदस्यतर्फ उद्योग र वाणिज्यमा २ पद निर्विरोध भएता पनि अन्य सबै पदमा निर्वाचनहुँदैछ । अध्यक्षदेखि सदस्य सम्म जम्मा २८ पद मध्ये ६ मा निर्विरोध निर्वाचित भएका छन् ।बाँकी २४ पद मध्ये पनि अधिकांश पुरुष उम्मेदवार छन् । ति पुरुष मध्ये सदस्यमा ३ जना महिलाले उम्मेदवारी दिएका छन् ।
पुरुषहरुको भिडमा उम्मेदवार रहेका महिला उम्मेदवारमा उद्योग सदस्यमा रचना क्षेत्री (५) र विष्णु मायाशर्मा पौडेल(७)हुन् । त्यसै गरी वाणिज्य तर्फ मिना पन्थी नेपाल (७)उम्मेदवार हुन् ।क्षेत्री र पौडेलले अन्य ७ पुरुषउम्मेदवारसंग प्रतिष्पर्धा गर्दैछन् । पन्थीले अन्य १३ पुरुषउम्मेदवारसँग प्रतिष्पर्धा गर्दै छिन् । रचना क्षेत्रीले यस अघिको कार्यकालमा पनि खुल्ला प्रतिष्पर्धामा जित निकालेकी थिइन् ।
तिनै जना महिला उम्मेदवार पुरुष उम्मेदवार माझ चुनौती बनेका छन् । तिनै जना आआफ्नो क्षेत्रमा क्षमतावान रहेका छन् । व्यवसायी मतदाताहरुले पुरुषसंगै प्रतिष्पर्धा गरेकीमहिलाउम्मेदवारहरुलाई मत दिई बिजयी बनाउनेमा तिनै जना उम्मेदवार ढुक्क छन् ।
अघिल्लो पटक पनिप्रतिष्पर्धामै जितनिकाले यो पटक पनिजितहुनेमा ढुक्क छु, पुरुषदाई–भाईँसंगै प्रतिष्पर्धा गरेकी छु, सहयोग सबैको आउनेछ, हेभन्ली गार्डेन किड्स क्याम्पसकी सञ्चालिका रहेकी क्षेत्री भन्छिन् । बढी भन्दा बढी दिदीबहिनीहरुलाइ उद्यममा ल्याउने हो, दिदीबहिनीको नाममाफर्म दर्ता गराउने मात्रहोइनउहाँहरुलाई कृयाशील बनाउने पनिहो, उनि भन्छिन् ।
वाणिज्य तर्फ सदस्यउम्मेदवार पन्थीलामो समयदेखि भैरहवाबजारमा ब्यूटिसियन सेवाप्रदानगर्दै आएकी छिन् । म संघमा लामो समयदेखि साधारण सदस्यका रुपमा रहेकी छु, अब कार्य समितिमा रहीकाम गर्ने इच्छुक भएकाले उम्मेदवारी दिएकी छु , महिलाउद्यमी बढी भन्दा बढी बनाउने, स्वरोजगार मूलकतालिमदिई महिलालाई उद्यमीबनाउने लक्ष्यहो, ‘निर्वाचनमाहारजित भै हाल्छ त्यसलाई म सहज रुपमा लिन्छु ।’ उनले भनिन् । मतदाताले आफूलाई मतदिई बिजयी बनाउने उनको भनाई छ ।
। उद्योग सदस्यतर्फ उम्मेदवार बनि पुरुष उम्मेदवार हरु माझ हिम्मत गर्ने आट गर्ने महिला हुन् बिष्णुमाया शर्मा पौडेल । उनी प्रहरी टोलमा रहेको श्री गणेश बेकरीज उद्योगको सञ्चालीका हुन् । उद्योग तथा बिक्रीकक्षमा समेत आफै बस्ने हुँदा धेरै माझउनि परिचित छिन् ।महिलाहरु पनि अगाडी बढ्नु पर्छ, नेतृत्वमाआउनु पर्छ भन्ने धारणा उनको छ । जसले निर्वाचनजिते पनिमहिलाउद्यमी बढाउने, महिलाहरुलाई तालिमदिई स्वरोजगार र आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्ने उनको धारणा छ । म संगै अन्य २ महिला उम्मेदवारहरुलाई पनि ब्यवसायी मतदाताहरुले अत्यधिक मत दिई यो पटक बिजयी बनाउनेमा आशाबादी छिन बिष्णु माया ।
अहिले धेरै पुरुषले महिलाको नाममा फर्म दर्ता गरेर व्यवसाय सञ्चालन गर्दै आएको पाइन्छ । पुरुषले महिलाको नाममाफर्म सञ्चालन गरी व्यवसाय गर्ने प्रचलन पुरानै हो । फर्म महिलाकै नाममा भएपनि बाहिर उनिहरुको सकृयता देखिदैन् । निर्वाचनका भोटको खेल हुने भएकाले श्रीमानहरुले प्रोक्सी बनाएर राखेको पाइन्छ ।उद्योग, व्यवसायमा महिला दिदीबहिनीको सकृयता बढाउन पनि महिला उम्मेद्धवारहरुलाई अत्यधिक मतका साथ जिताउनु पर्ने आवाज आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.