- श्रीन्यूज ओके रिपोर्टर ,भैरहवा
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । आईतवार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार श्रेष्ठ १ हजार १ सय ७ मत प्राप्त गरी विजयी हुदा उनका प्रतिद्दन्दी विजय पाण्डेले ६८७ मत ल्याएका छन् ।
प्रमुख निर्वाचन अधिकृत शिव गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्यले १ हजार २ सय ५५ मत ल्याई विजयी भएका छन् । आचार्यका प्रतिद्वन्दी अरुणकुमार गोयनकाले ५४७ मत प्राप्त गरेका छन् । यस्तै, वाणिज्य उपाध्यक्षमा गोविन्द ज्ञवाली १ हजार १ सय २३ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिस्पर्धी रविकुमार श्रेष्ठले ६४३ मत ल्याए ।
उद्योग उपाध्यक्षमा दिलिपकुमार कान्दु ८ सय ९४ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी हरिबहादुर थापाले ८७३ मत ल्याएका छन् । महासचिवमा कृष्णप्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गोपाल भण्डारीले ८०४ मत ल्याए ।
कोषाध्यक्षमा कमलप्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी भएका छन् । श्रेष्ठका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले ५१८ मत र सोही पदका अर्का उम्मेदवार गंगासागर अग्रहरीले ३६२ मत पाए
सचिवमा मंगल भण्डारी ९९२ मत ल्याइ विजयी भए । उनका प्रतिद्वन्द्वी धर्मवीर शर्माले ७७९ मत पाए । बस्तुगत सदस्यमा ५ मत ल्याइ प्रितम रौनियार विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी चन्द्रप्रकाश श्रेष्ठले ४ मत पाए ।
उद्योग सदस्य तर्फ (खुल्ला) ओम जैसी (१२४१), रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी भएका छन् ।
वाणिज्य सदस्य तर्फ मिना पन्थी (१४२८), धर्मराज आचार्य (१३७८), विजय अधिकारी (१३०७),प्रमोद रिजाल(१३०१),विशाल जयसवाल (१२८३), कृष्ण प्रसाद अधिकारी (१२७६), अभिनव मयुर कशौधन(१२७१), दिनेशमान अमात्य (१२४६), अर्जुन कार्की (१२१०), वीरेन्द्र ज्ञवाली (१०७५), मत ल्याई विजयी छन् ।
संघको कर्पोरेट उपाध्यक्षमा रोहितकुमार अग्रवाल, सहकोषाध्यक्षमा संजयकुमार बेरिवाल, कर्पोरेट सदस्यमा अर्पितकुमार अग्रवाल र विकासकुमार गोयनका तथा वाणिज्यतर्फ महिला सदस्यमा यमकला न्यौपाने र महिला उद्योग सदस्यमा पल्लवी न्यौपाने निर्विरोध निर्वाचित भएका थिए । संघका सदस्य मध्ये २ हजार १ सय ९३ जनाले नकिरण गरेका थिए । ति म मध्ये १ हजार ८ सय २८ जना व्यवसायी मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.