- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा भैरहवामा सडक खाना महोत्सव (फुड फेस्टिवल) आयोजना हुने भएको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा चैत ३० गते बेलुकी ४ बजेदेखि मध्यरात १२ बजेसम्म नयाँ वर्ष २०८० को स्वागत गर्दै सिद्धार्थ सडक खाना महोत्सव आयोजना हुने भएको हो ।
भैरहवाको देवकोटा चोकमा आयोजना हुने सडक खाना महोत्सवको बारेमा आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । आयोजक संस्थाका अध्यक्ष पिताम्बर न्यौपानेले विगतको वर्षमा जस्तै यस वर्ष पनि नयाँ वर्षको पूर्व सन्ध्यामा सडक खाना महोत्सव (फुड फेस्टीबल) हुने र यस क्षेत्रका होटल रेष्टुरेन्ट, बिभिन्न जातजाति, समुदाय, संघसंस्थाका खानाका परिकारहरुको सहित १ सय स्टल हुने बताए । ‘‘भैरहवा र वरपर साथै यहाँका स्थानीय तह र छिमेकी भारतीयहरुको समेत सहभागिता सडक खाना महोत्सवमा हुनेछ र विविध साँस्कृतिक कार्यक्रमले खाना महोत्सव थप आकर्षित बन्ने छ ।’’ न्यौपानेले पत्रकार सम्मेलनमा भने । ‘‘सडकमा खाँदै, सडकमा रमाउँदै नयाँ वर्षको स्वागत गर्ने हो ।’’ उनले भने ।
सडक खाना महोत्सवले कोभिडका कारण थला परेको पर्यटन तथा अर्थतन्त्रलाई चलायमान बनाउने उद्धेश्य रहेको आयोजकको भनाई छ । चलायमा बनाउने कार्य गर्दछ भन्ने विश्वास लिइएको छ । सडक खाना महोत्सवको आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रूपन्देही सहआयोजकमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही र मदिरा व्यवसायी संघ सिद्धार्थनगर रहेका छन् । प्रवद्र्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश रहेको छ ।
खाना महोत्सव सम्पन्न गर्न आयोजक संस्थाका अध्यक्ष पिताम्बर न्यौपानेको संयोजकत्वमा मूल परिचालन समिति गठन भएको छ । जसमा रामचन्द्र रेग्मी, केशवराज ज्ञवाली, अनिलकुमार ज्ञवाली, ठाकुरकुमार श्रेष्ठ, सम्झना शर्मा, चन्द्रप्रकाश श्रेष्ठ, सन्जय बजिमय, कृष्णप्रसाद अधिकारी (सागर), दर्पण श्रेष्ठ, गोविन्द ज्ञवाली, ऋषी पाण्डे, गणेशप्रसाद बेल्वासे, सूर्यसारु मगर, खडक बहादुर गुरुङ्ग, सन्जिव रोका, सचिन रोक्का, रामप्रसाद पोखरेल, राजेश महोत्रा, यादव पोखरेल छन् ।
खाना उत्सवमा ५० हजार दर्शक हुने र १ करोड रुपैयाँ बराबरको कारोबार हुने लक्ष्य आयोजकको रहेको छ । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने बताइएको छ । पत्रकार सम्मेलनमा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, उद्योग व्यापार संगठन रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवाली, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवाली, निवर्तमान अध्यक्ष गणेश बेलबासे, होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजेश महोत्रा, लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्मालगायतले सडक खाना महोत्सवका बारेमा आफ्नो धारणा राखेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.