- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा, (२० जेठ) ।
रुपन्देहीको ओमसतियामा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकाश बचत तथा ऋण सहकारीको आयोजनामा आगामी वर्षको नीति कार्यक्रम तर्जुमाका लागि ऋणी सदस्यहरूसंग अन्तरक्रिया तथा विस्तारित मन्च कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संस्थाको ऋण समितिका संयोजक तुलसीप्रसाद चौधरीको अध्यक्षता र संस्थाका अध्यक्ष डी.बी. थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापा मगरले ऋणको बारेमा विस्तृत रुपमा जानकारी दिएका थिए । मुख्य प्रबन्धक थापाले ऋणीहरुलाई तोकिएकै समय भित्र ऋणको सावा तथा ब्याज भुक्तानी गरी असल ऋणीको पहिचान दिनु पर्ने बताए । संस्थाले प्रत्येक महिना असल बचतकर्तासँगै असल ऋणीलाई पनि सम्मान गर्दै आएको छ, त्यसैले समय तथा भाका नाघ्न नदिई सावा किस्ता बुझाउन आग्रह गरेका छन् ।
कार्यक्रममा ऋणीहरुलाई ऋण किन लिने?, ऋण के हो?, ऋणको प्रकार, तिर्ने समय, भाका, किस्ता, धितो, ब्याजदर, ऋणीको प्रकार, असल ऋणी, खराब ऋणी, मालपोतमा जग्गा रोक्का लगायतका विषयमा प्रस्तुति भएको थियो ।
सहकारी बचतकर्ता तथा सदस्य हुँदैमा संस्थाबाट ऋण लिनुनै पर्छ भन्ने नरहेको र ऋण आवश्यक परे मात्रै लिनु पर्नेमा जोड दिइएको थियो । साथै जति आवश्यक छ त्यतिनै ऋण लिनु पर्ने र आवश्यक भन्दा बढी ऋण लिए तिर्न समस्या हुने, लिएको ऋणको उचित सदुपयोग हुनु पर्नेमा जोड दिइएको थियो । ऋण लिए पछि तिर्ने व्यवस्थापन के कस्तो छ त्यसको तयारी पछि मात्रै ऋण लिनु पर्नेमा जोड दिइएको थियो । अर्काको लागि ऋण नलिन र ऋण लिन प्रोत्साहित नगर्न समेय जानकारी दिइएको थियो । पुनरकर्जाको व्यवस्था समेत रहेकोले अप्ठयारोमा परेका ऋणी कार्यक्रममा सहभागीलवर्तमान आर्थिक मन्दिको अवस्थामा साँवा, ब्याज तिर्न निकै चुनौती रहेको बताउदै ऋण तिर्ने सहज वातावरण बन्नु पर्नेमा जोड दिएका थिए । उनिहरुले भाका नाघेको ऋण तथा समय भित्रै तिर्न नसकेका ऋणीहरुसित निरन्तर सम्पर्क गर्नमा जोड दिँदै संस्थाको आय भनेको ऋण प्रवाहबाट प्राप्त हुने ब्याज नै रहेकोले समय भित्रै ऋणको किस्ता तिर्नु पर्छ भन्ने बिषयमा आफूहरु गम्भीर रहेको बताएका थिए ।
कार्यक्रममा संस्थाले भाका नाघेका ऋणीहरुले जेठ मसान्त भित्र किस्ता बुझाउन आए विभिन्न किसिमको छुट सुबिधा रहेको जनाइएको थियो । टुगा आस्था विकास सहकारीमा २ हजार बढी ऋणी रहेका छन् । संस्थाले कृषि, शिक्षा, साना व्यवसाय, वैदेशिक रोजगार , हायर पर्चेज, लगायतका क्षेत्रमा कममा ५ हजार रुपैयाँदेखि बढिमा ४० लाख रुपैयाँसम्म ऋण दिने गरेको छ । ऋण लिदा धितो अनिवार्य छ भने आफ्नै बचत रकमलाई धितोका रूपमा प्रयोग गरि ऋण लिन सकिने संस्थाका ऋण उपसमितीका संयोजक तुलसी प्रसाद चौधरीले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.