श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
ओमसतिया गाउँपालिकाको ठुटिपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस) ले सभाहल निर्माण सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयको माथिल्लो तलामा निर्माण सम्पन्न भएको सभाहलको सनिबार बिहान राष्ट्रिय सहकारी महासंघ लिमिटेडका संचालक एवं जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिम तुलाचनले समुद्घाटन गरे ।
भवन उद्घाटन गर्दै अध्यक्ष तुलाचनले नव निर्मित सभाहलले सहकारीको गतिविधि अगाडी बढाउन मद्दत पुग्ने उल्लेख गरे । वर्तमान समयमा सहकारी शिक्षाको बढी महत्व रहेकोले सहकारी सदस्य लगायत सहकारीमा पहुँच नभएकाहरुलाई पनि धेरै भन्दा धेरै सहकारीको महत्वका विषयमा शिक्षा दिनु जरुरी रहेको तुलाचनले बताए । श्री टुगा आस्था साकोस रुपन्देहीमा सफल सहकारीको उदाहरण रहेको बताए ।
सहकारीका अध्यक्ष डिबि थापाले टुगा आस्था विकास सामुदायिक सहकारीको रुपमा हामी अघि बढ्ने लक्ष्य रहेको र सहकारीमा ६ हजार ४ सय ३२ सेयर सदस्य रहेको बताए । अध्यक्षले सहकारीको पुँजी ७६ करोड २५ लाख ८३ हजार ५ रुपैयाँ रहेको जनाउदै सहकारीलाई अघि बढाउन चार वर्षीय रण नीतिक योजना बनाइएको जनाउदै नव निर्मित सभाहलले सहकारीका सेयर सदस्यहरुलाई तालिम दिन, सहकारी संस्थाको बैठक लगायत कार्यक्रम सम्पादन गर्न सजिलो हुने जनाउदै शभाहल अभावमा संस्थाको कार्यक्रम होटल पार्टिप्यालेस तथा अन्यत्र गर्नु पर्ने बाध्यता हटेको बताए ।
सभाहल पूर्णरुपमा बातानुकुलित, प्रोजेक्टर तथा अन्य सुबिधा रहेको तथा १५० जनाको क्षमता रहेको सस्थाका कोषाध्यक्ष लाल बहादुर थापाले बताए । सो अवसरमा संस्थाका मुख्य प्रबन्धक लक्ष्मण थापाले सहकारी संस्थाको वित्तीय अवस्था, सहकारीले गर्दै आएको काम सम्पादनका बारेमा अवगत गराएका थिए ।
संस्थाका अध्यक्ष डिबि थापाको सभापतित्व, राष्ट्रिय सहकारी महासंघ लिमिटेडका संचालक एवं जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार तारा प्रसाद छन्त्याल, राष्ट्रिय सहकारी बैंक भैरहवा शाखा प्रमुख प्रकाश पन्थी लगायतले मन्तब्य राख्दै सहकारिको सिद्धान्त अनुसरण गर्दै अघि बढे सफल भइने बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष पर्शुराम बास्तोलाले स्वागत मन्तब्य तथा सचिव जितबहादुर रास्कोटिले सञ्चालन गरेका थिए । सोही कार्यक्रममा सहकारीको संस्थापक एवं पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । रुपन्देहीमा रहेका आस्था श्री, टुगा र श्री देवनारी विकास सहकारी एकापसमा गाभिई २०७६ साल बाट टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा काम गर्दै आएको छ । संस्थाको कार्य क्षेत्र रुपन्देही जिल्ला रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.