• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Saturday, November 1, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको भैरहवामा पाँचतारे सिद्धार्थ भिलाषा सञ्चालनमाः सामान्य चाउमिन पसलदेखि पाँच तारे होटलसम्मको यात्रा

Shree News Ok by Shree News Ok
१४ असार २०८०, बिहीबार २१:०७
1 min read
129 1
125
SHARES
246
VIEWS
  • श्रीन्यूज ओके रिपोर्टर
    भैरहवा, १४ असार ।


आज भन्दा २५ वर्ष अघि गुल्मीबाट तराईको कैलालीमा झरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ले चाउमिन, समोसा बिक्री गर्ने सामान्य ग्रामीण स्तरको खाजा पसल सुरु गरेका थिए । टिकापुरमा सुरु गरेको खाजापसलले नाम अनि दाम कमाउँदै गयो । त्यसपछि न्यौपाने बन्धुहरुले पछि फर्केर हेर्नु परेन । सामान्य खाजा पसलबाट सुरु भएको न्यौपाने बन्धुहरुले चाउमिनको खाजा पसल खोलेको २५ वर्ष पुग्दा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको नामबाट देशका बिभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफे लगायतका सेवामूलक प्रतिष्ठान रहेका छन् ।

२४ वर्षमा २४ प्रतिष्ठान बनाईसकेको यो समूहले व्यवसाय सुरु गरेको २५ वर्ष पुग्दा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको नामबाट देशका बिभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफे लगायतका सेवामूलक प्रतिष्ठानको पहँुच पुगिसकेको छ । २४ वर्षमा २४ प्रतिष्ठान बनाईसकेको यो समूहले व्यवसाय सुरु गरेको २५औं वर्षमा पुग्न भैरहवामा पाँचतारे होटल ‘सिद्धार्थ भिलाषा’ सञ्चालनमा ल्याएको छ ।

भैरहवामा सञ्चालनमा आएको सिद्धार्थ भिलाषा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीको पहिलो पाँचतारे होटल हो । ग्रुपका अध्यक्ष समेत रहेका न्यौपाने स्वदेशमै केही गर्नु पर्छ भन्दै नेपाल भ्रमण वर्ष १९९८ को कार्यक्रम सुरु भएको वर्ष २०५४ माघ २३ मा गुल्मीबाट टिकापुर झरेर चाउमीन बिक्री गर्ने सामान्य खाजा पसल सुरु गरेका थिए ।

‘‘सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले आफ्नो व्यवसायिक यात्रालाई यहाँसम्म ल्याइपुर्याउँदा व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटेल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट लगायत हस्पिटालिटी तथा ट्रेडिङ, कृषि उत्पादन, आइटी सेवा लगायतका बिभिन्न ब्यबसायिक बिधाहरूमा संजाल बनाएर संगठित तथा संस्थागतरुपमा अघि बढिरहेको छ ।’’ अध्यक्ष न्यौपानेल भने ।

सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म आइपुग्दा गु्रपको आफ्नै लगानी तथा व्यवस्थापनमा कर्णालीको चिसापानी, बाँकेको नेपालगन्ज, रुपन्देहीको बुटवल, चितवनको चुम्लिङटार, काठमाडांैको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोबिघाटमा होटल तथा रेस्टुरेन्ट सेवा संचालनमा छन् । त्यसै गरी एस क्याफे ब्राण्ड नाम रहेका क्याफे सेवाहरूमा बाँकेको नेपालगन्ज र कोहलपुर, काठमाडौंको तिनकुने, आर्मी अफिसर क्लब जङ्गी अडा परिसर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर भित्र मनमोहन कार्डियो तथा सुरेश बाग्ले भवनमा क्याफे सेवाहरू संचालनमा छन् भने कन्चनपुरको महेन्द्रनगर, दाङको लमही, कपिलवस्तुको चन्द्रौटा, नुवाकोटको बट्टार, मोरङको विराटनगर, झापाको विर्तामोडमा व्यवस्थापन साझेदारीकारुपमा होटल तथा रेस्टुरेन्ट सेवाहरू संचालन गरेका छौं र गु्रपको सबैभन्दा ठूलो प्रतिष्ठानकारुपमा नेपालगन्जमा चारतारे होटलकारुपमा सन् २००८ बाटै सञ्चालनमा पहिलानै आएको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।


‘‘भैरहवामा होटल निर्माण सुरु गर्दा कोरोना संक्रमण सुरु भएको थिएन, त्यसपछि कोरोना सुरु भयो, तर पनि हामी आतिएनौ, निर्माण जारी ग¥यौ र अहिले सञ्चालन गर्न सफल भयौ ।’’ प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भने । भैरहवा अञ्चलपुर चोकबाट २ सय मिटर पश्चिम तर्फ मायादेबी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ भिलाषा ४ बिघाहा क्षेत्रफलमा फैलिएको छ । होटलमा साढे २ अर्बको लगानी छ ।

होटलमा डिलक्स, एक्ज्यूकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गिकरण गरिएका जम्मा ८५ कोठा रहेको गु्रपका निर्देशक महेन्द्र न्यौपानेले जनाए । ‘‘होटलमा लबि लाउन्ज, अल डे डाईनिंग, उत्तर तर्फ अ धवलागिरी हिम श्रृखंला देखिने रुफ टफ रेष्टुरेन्ट तथा स्विमिंग पुल, फिटनेस, स्पा, साउन, ज्याकुजीसहितको हेल्थ क्लब सेवा, गार्डेन, १२ हजार स्कवायर फुटको नेपालको सबैभन्दा ठूलो सभा हल, ३ वटा कन्फ्रेन्स हल र एक मिटिंग हल साथै क्यासिनो समेत सञ्चालनको तयारीमा रहेकोे छाैं ।’’ महेन्द्रले भने ।

होटलका सञ्चालक योगराज कण्डेलले बुद्ध जन्मस्थली लुम्बिनी क्षेत्रको भैरहवमा पाँचतारे होटल सञ्चालनमा आउनु गौरवको बिषय भएको र यहाँ आउने पर्यटकहरुलाई अब होटल च्वाईसको अप्सन बनेको बताए । सिद्धार्थ भिलाषाले आन्तरिक पर्यटक (स्वदेशी) लाई प्राथमिकतामा राख्दै प्याकेजहरु बनाएको छ । ‘‘नेपाली पर्यटकहरुले पनि पाँच तारे होटलको बसाई र त्यहाँको खानपानको अनुभूति गर्न सकुन भन्दै त्यही अनुसारको प्याकेजहरु बनाइएको छ ।’’ प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले भने ।


‘‘नेपालीसंगै भारतीय पर्यटक र तेश्रो मुलुकका पर्यटक लक्षित वर्ग त छदैछन् साथै नेपाल–भारतका बिभिन्न कर्पोरेट हाउसेजहरुका ईभेन्टहरु, वैवाहिक उत्सव लगायतका कार्यक्रमहरुका लागि पनि आकर्षित गर्ने हाम्रो उद्धेश्य हो, हामी सिद्धार्थ भिलाषालाई विडिंग डेस्टिनेशनकारुपमा स्वदेश तथा बिदेशमा पनि प्रचार सुरु गरेका छाैं ।’’ न्यौपानेले भने ।

भविष्यमा जुम्लाको ताम्रा, चिनको सौराहा तथा इलामको कन्याम चियाबगानमा रिसोर्ट तथा पाल्पामा वायोटिका मार्फत कृषि उत्पादन एवं कृषि पर्यटन रिसोर्ट सञ्चालन गर्ने लक्ष्य गु्रपको रहेको छ भने कैलालीको धनगढी, कास्कीको पोखरामा होटल तथा रिसोर्ट सञ्चालन गर्ने आगामी योजना रहेको बताइएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी अन्तरगत अहिले प्रत्येक्ष तथा अप्रत्येक्षरुपमा १ हजार ६ सय जनाले रोजगार पाएका छन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

छिटै निको हुनेछुः आयुषा

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?