श्रीन्यूज ओके रिपोर्टर
भैरहवा, (२० साउन) ।
ग्राहकलाई गुणस्तरीय खाध्य परिकार उपलब्ध गराउने लक्ष्यसहित भैरहवामा दिव्यम स्वीट्स एण्ड स्नाक्स प्रा.लि.सञ्चालनमा आएको छ। भैरहवाको मुटु देवकोटा चोकमा रहेको एसआर कम्प्लेक्समा दिव्यमले आफ्नो सेवा सुरु गरेको जानकारी शनिवार बिहान पत्रकार सम्मेलन गर्दै दिइएको छ ।दिव्यमका प्रबन्ध निर्देशक श्यामशुन्दर अग्रवालले उपभोक्ताको चाहना अनुसार दिव्यम स्वीट्स सन्चालनमा ल्याएको बताए ।
२ करोडको लगानीमा सुरु भएको दिव्यम गुणस्तरीय मिठाईसँगै शुद्ध शाकाहारी भोजन , साउथ इन्डियन, नर्थ इन्डियन, विभिन्न चाट, चाइनिज फूड, विभिन्न पेयपदार्थ, थरिथरि स्वादमा बनाइएका विभिन्न मिठाई र हेल्दी तथा हाइजेनिक थाली खाना, खाजा उपलब्ध हुनेछ अग्रवालले बताए ।
‘‘ग्राहकले प्रत्यक्ष देख्न र हेर्नसक्ने गरी हरेक परिकार बनाइने दिव्यम स्वीट्स एण्ड स्नयाक्समा बट्टाको तौल नलिई विशुद्ध मिठाईमात्रै तौलेर ग्राहकलाई उपलब्ध गराउने छाैं ।’’ उन्ले भने ।
ग्राहकले आफूले खाएको अथवा खरिद गरेको वस्तुको भ्याटबिल पाउने व्यवस्था र साउन महिनाभर सबै प्रकारका मिठाईमा १० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ।
दिव्यमले एकै पटकमा ४० जनालाई सेवा दिन सक्छ। वातानुकुलित दिव्यम भोजसँग मिलेर होम डेलिभरिको ब्यवस्था मिलाएको दिव्यमकी ब्रान्डिङ प्रमुख स्नेहलता रावतले बताइन् ।
दिव्यम बनेका परिकार र मिठाईहरु भोलिका दिनमा देशविदेशमा सबैको रोजाइमा समेत पर्ने गरि ब्रान्डिङ्को काम भैरहेको रावतले बताइन्।
Get real time update about this post categories directly on your device, subscribe now.