- भैरहवा ।
रूपन्देहीको ओमसतिया–१ मा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा लुम्बिनी विशिष्टीकृत सहकारी संघ रुपन्देहीद्वारा संचालित राष्ट्रिय गौरबको आयोजना “यूएचटी दुग्ध प्रशोधन परियोजना’’ को लागि आफ्ना सेयर सदस्यहरुको सहभागितामा आधारित लगानी अवधारणाको अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
उत्पादन क्षेत्रमा सदस्यहरुलाइ जोड्न संस्थाको संचालक समितिले लगानी कार्यविधि निर्माण गरी कार्यक्रम बारे पहिलो चरणमा संचालक, लेखा, सल्लाहकार, उपसमिति, सेवाकेन्द्र उपसमिति, टोलप्रमुख पदाधिकारी नेतृत्वलाई लक्षित गरी अभिमुखीकरण गराइएको हो । सो कार्यक्रममा लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्माले दुग्ध प्रशोधन परियोजनाको परिचय र संभावना बारे जानकारी गराएका थिए ।
कार्यक्रममा ७९ जना सहभागिहरुबाट २० लाखभन्दा बढी लगानीको लिखित प्रतिबद्धता गर्नुको साथै घरपरिवार, आइआपÞmन्त सदस्यलाई पनि लगानीको लागि प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी संस्थाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा तथा चार वर्षीय व्यवसायिक रणनीतिक योजनाको तेस्रो आवधिक समीक्षा सम्पन्न गरेको छ । संस्थाको असार मसान्तसम्मको कुल ७६ करोड ३ लाखको वासलात रहेको पूंजीमा ७ करोड ६४ लाख सेयर पूंजी, ४६ करोड २७ लाख बचत निक्षेप, ५६ करोड ९५ लाख ऋण लगानी, सस्थागत पूंजी ४ करोड ६३ लाख र स्थिर सम्पत्ति २ करोड रहेको संस्थाले जनाएको छ । लक्ष्यको ८९ प्रतिशत प्रगति हासिल गरेको समीक्षा गर्दै करिब १ करोड ८२ लाख शुद्ध बचत (मुनाफा) गरेको विवरण सहितको प्रस्तुित मुख्य प्रवन्धक लक्ष्मणकुमार थापाले गरेका थिए ।
अभिमुखीकरण सत्रको प्रमुख आतिथ्यता लुम्बिनी विशिष्टीकृत सहकारी संघका अध्यक्ष डा. खगराज शर्मा, संघका संचालक ध्रुब कुमार धितालको आतिथ्यता र सम्पूर्ण कार्यक्रमको अध्यक्षता संस्था अध्यक्ष डी.बि.थापाको तथा कार्यक्रम संचालन संचालक एवम् शिक्षा उपसमिति संयोजक गोकुल पोखरेल र लगानी कार्यविधि अभिमुखीकरण प्रस्तोता मुख्य प्रवन्धकको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.