श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र भनिएको रुपन्देहीको देवदहमा आठौ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव बिहीबारबाट सुरु भएको छ ।
कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार भन्ने मूल नाराका देवदह उद्योग बाणिज्य संघको आयोजनामा बुद्धनगर घोडाहामा महोत्सव सुरु भएको हो ।
नगरपालिकाको सहयोगमा सुरु भएको महोत्सवमा कृषि, खाद्यान्न, तयारी पोशाक, जुत्ता, अर्गानिक कृषि उपज उत्पादन, पशुपन्छी जन्य, हस्तकला, घरेलु तथा कुटीर उद्योग, अटो, सूचना प्रविधि, पर्यटन, शिक्षा, स्वास्थ्य, रेष्टुरेन्टलगायतका २ सय स्टल रहेको देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारीले बताए । उत्पादन र उत्पादकत्व वृद्धि गर्न महोत्सवको आयोजना गरेको अध्यक्ष भण्डारीले जनाए ।
फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक लाखले अवलोकन गर्ने र करिव १० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान रहेको आयोजकले जनाएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारसहितको विविध सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगितालगायतका आकर्षक कार्यक्रमसमेत रहेको जनाइएको छ ।
महोत्सवको लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उद्घाटन गर्दै मेला महोत्सवको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिनेमा जोड दिए । कोभिडका कारण देशको आर्थिक अवस्था बिग्रदै गएको बताउँदै यस्ता मेला महोत्सवले देशको अर्थतन्त्र चलायमान बनाउन सकिने मन्त्री खनालले बताए ।लुम्विनी प्रदेश सभा सदस्य जानकी न्यौपानेले भगवान गौतम बुद्धको मावली स्थल देवदह कृषि र पर्यटन क्षेत्रको प्रचार संचावना रहेकोले सोहि अनुसार बिकास गर्नु पर्ने बताईन् । न्यौपानेले आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउनको लागि सवैले सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको जनाईन् देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले मेला महोत्सवहरु मर्म र भावना अनुसार अगाडि बढ्नु पर्नेमा जोड दिए महोत्सव उदघाटन कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, महासंघका केन्द्रिय सदस्य जसमिर मियाँ, लुम्विनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्री, देवदह व्यापार संघका कोषबहादुर गुरुङ्ग, उद्योग व्यापार संघका अमृत फुल्लेल लगायतले महोत्सवले आर्थिक क्षेत्र चलायमान हुने बताए । महोत्सब सुरु हुनु अघि देवदह–५, खैरेनी स्थिते लोकेश्वर मन्दिर देखि प्रभातफेरी आयोजना भएको थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.