ल्यान्डमार्क होटल सञ्चालनमा
श्रीन्यूज ओके रिपोर्टर । भैरहवा(१ फागुन)
सम्राट ग्रुपले भैरहवाको इएल म्याग्निफिको रिसोर्टको व्यवस्थापन पक्ष हेर्ने संझौता गरी आईतबार(माघ २८ गते) बाट सञ्चालनमा ल्याएको छ ।
सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ (भैरहवा) बेलहिया रोडमा अबस्थित सिंगापुर कोलोनिमा युवा उद्यमी एवं पर्यटन व्यवसायी आशा गुरुंगले निर्माण गरेको सो रिसोर्ट सम्राट गु्रप अन्तरगतको ल्यान्डमार्क होटलको नामबाट सञ्चालनमा आएको हो ।
सम्राटको पोखरा, चितवन र काठमाण्डौमा होटल तथा रिसोर्ट सञ्चालनमा छ । सम्राट ग्रुपअन्तर्गत रहेका होटल, रिसोर्ट, ट्राभल एजेन्सीलगायत अन्य पर्यटकीय संस्थाका प्रमुख कार्यकारी अधिकृतमा सि एन पाण्डे छन् ।
पाण्डेले सम्राट ग्रुपले होटल व्यवस्थापनको जिम्मा लिई ल्यान्डमार्क होटलका नामबाट सञ्चालन सुरु भएको बताए। उनले भने, हामीले हस्पिट्यालिटी मात्र नभइ टुर तथा ट्राभल क्षेत्रमा समेत अब्बल सेवा दिई छुट्टै पहिचान बनाएका छौं, होटल व्यवस्थापन पक्ष सम्हालेपछि थप जिम्मेवारी सुरु भएको छ।
पर्यटन क्षेत्रको चर्चित ब्यक्तित्व साथै होटल रिसोर्ट सञ्चालन एवं व्यवस्थापनको राम्रो अनुभब रहेको हुदा आफुले होटल सञ्चालनको पुर्ण व्यवस्थापन १० वर्षका लागि पाण्डे समुहलाई दिएको इएल म्याग्निफिककोका प्रबन्ध निर्देशक आशा गुरुङले बताए। पाँच तारे होटलका लागि आवश्यक पर्ने सबै पूर्वाधार रिसोर्टमा रहेको उनले बताए।
अहिलेसम्म होटलमा ४५ करोड बढी लगानी भएको गुरुडले बताए। होटलमा ५ स्वीट, २० सुपर डिलक्स तथा २५ डिलक्स गरी ५० कोठा रहेको छ। डवल अकुपेन्सीमा १ सय जना बस्न मिल्छ। त्यसैगरी होटलको टपमा २५० जना क्षमताको स्काइबार, ६५ जना क्षमताको कोटियार, १२० जना क्षमताको अलडे रेष्टुरेन्ट, ३५ जना क्षमताको मिनिबार, ४० जना बस्न मिल्ने लाउन्ज तथा २० जनाको क्षमता रहेको मिटिंग हल र स्वीमिंग पुल रहेको छ। होटलका मुख्य द्वारतर्फ अगाडिको कोठाहरुबाट छेवैको डन्डा नदी र बिहानी सुर्योदयको दृष्य देख्न सकिन्छ । उत्तरतर्फका कोठाबाट धौलागिरी हिमालय रेन्ज देख्न सकिने गरी होटल निर्माण गरिएको छ। अहिलेको होटल १० कट्ठा क्षेत्रफलमा फैलिएको छ। थप २० कट्ठा जमिन होटल जोडिएको उत्तरतर्फ खरिद भैसकेको र त्यहाँ थप पूर्वाधार निर्माण हुने गुरुङले बताए । १५ करोड लगानीमा थप३० कोठा र बैन्क्वेट निर्माण हुने उनले बताए। ३० कोठा थप भएपछि होटलमा ८० कोठा पुग्नेछ । उपत्यका बाहिर पाँच तारे होटल सञ्चालनका लागि कम्तिमा ८० कोठा अनिवार्य हुनु पर्ने व्यवस्था रहेको छ।
होटल सञ्चालनको पहिलो दिननै सतप्रतिशत अकुपेन्सी रहेको पाण्डेले बताए । होटलमा आउने पाहुनाका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म पिक अप एन्ड ड्रपको सुविधा समेत रहेको छ । सबैभन्दा बढी पर्यटक आउने बेलहिया नाकामा होटलले यातायात सुविधा उपलब्ध गराउदै उत्कृष्ट सेवा दिने ल्यान्डमार्कका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
होटल समुहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपले भविष्यमा अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको बताएको छ। आन्तरिक पर्यटन प्रर्वर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित अफरहरू समेत दिने गरेको छ। बिदा र चाडपर्वको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि उत्कृष्ट अफरहरू सार्वजनिक गर्दै आएको र यसले निरन्तरता पाउने उनले बताए।
पर्यटकको उत्कृष्ट सेवाका लागि सम्राट गु्रप र ल्यान्डमार्क होटल सधै लागिरहने पाण्डेको भनाई छ । होटलको एक भब्य समारोहका बिच सुभारम्भ गरिने ल्यान्डमार्क ब्यबस्थापन टिमले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.