• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Wednesday, May 14, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

उद्योगहरुले बिद्युत लोडसेडिङ तालिका सार्वजनिक गर्न माग

Shree News Ok by Shree News Ok
१२ फाल्गुन २०८०, शनिबार २३:२९
1 min read
24 0
22
SHARES
43
VIEWS

मनोरञ्जन शर्मा ।भैरहवा


बिना जानकारी विद्युत कटौती भएको भन्दै लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा रहेका उद्योगहरुले लोडसेडिङ तालिका सार्वजनिक गर्न माग गरेका छन् । बिना जानकारी अघोषित तबरबाट विद्युत कटौती र अनावश्यक ट्रिपिङले उद्योगहरुमा समस्या भएको भन्दै उनीहरुले तालिका सार्वजनिक गर्न माग गरेका हुन् । लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा अघोषित लोडसेडिङ भएको उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

लुम्बिनी प्रदेशका रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, दाङ र बाँकेमा रहेका ठूला उद्योगहरुमा बिना जानकारी विद्युत कटौतीले ठूलो समस्या पारेको शर्माले बताए । समस्याबाट पीडित उद्योगी व्यवसायीले दिनहुँ जानकारी गराउने र विद्युत प्राधिकरणबाट माथिबाटै कटौती भएको जवाफ आउने गरेको शर्मा बताउँछन् । ‘हामीहरुको माग सहज रुपमा विद्युत उपलब्ध हुनु पर्‍यो भन्ने हो, नभए घोषित रूपमा लोडसेडिङ तालिका दिनु पर्‍यो भन्ने छ’, शर्माले भने ।

लुम्बिनी प्रदेशमा पूर्वाधार विकास सम्बन्धी सिमेन्ट, छड, स्टिल, कर्कट पाता, टायल, फोम, प्लाइउड, प्लास्टिक, पेन्टलगायत मात्र नभई मैदा, चामल, चाउचाउ, चिउरा, रिफाइनरी आयल, हल्का पेय पदार्थ, मदिरा एवं बियर, कागज, जुत्ता, औषधी, सवारी साधनअन्तर्गत मोटरसाइकलको एसेम्बल प्लान्टलगायत दर्जनौं ठूला उद्योग छन् । मझौला तथा साना उद्योगहरु पनि प्रशस्तै रहेका छन् । सबै प्रकृतिका उद्योग व्यवसायमा अहिले विद्युत समस्या रहेको छ ।

आर्थिक मन्दी र माग नभएको कारण उद्योगहरु क्षमताको ३० प्रतिशतको हाराहारीमा सञ्चालनमा रहेका छन् । अनियमित विद्युत कटौतीले थप समस्या सिर्जना भएको उद्योगीहरुको भनाइ छ । भैरहवा वरपरका क्षेत्रमा साना ठूला गरी दर्जनौं उद्योगहरु विद्युत अनियमित हुँदा समस्यामा परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । ‘उद्योगी व्यवसायीहरु दिनहुँ समस्या लिएर आउँछन्, विद्युत प्राधिकरणले लोडसेडिङ होइन माथिबाटै कटेको भनेर जवाफ फर्काउँछ,’ अध्यक्ष श्रेष्ठले भने ।

यो क्षेत्रमा दैनिक ८ घण्टासम्म विद्युत जाने गरेको उनले बताए । ‘हिउँद महिनामा विद्युत उत्पादन कम हुन्छ । हामी सबैलाई थाहा छ, तर अहिले डेडिकेटेड र ट्रंक लाइनको तत्कालिन समस्याको प्रतिशोध साध्न उद्योगमा बिना जानकारी लाइन कटौती गरेको महसुस भएको छ,’ अध्यक्ष श्रेष्ठले भने । चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा रहेको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिका सञ्चालक रौनक अग्रवाल अनियमित विद्युतका कारण समस्या भएको बताउँछन् । ‘माग नहुँदा उद्योगको क्षमता निकै कममा चलेको छ, त्यसमा पनि विद्युत नियमित नहुँदा समस्या छ,’ अग्रवाल बताउँछन् ।

उनका अनुसार बिहान बेलुका गरी कम्तिमा ८ घण्टा विद्युत गइरहेको छ । विद्युत जाने कुनै तालिका नभएकाले उद्योग सञ्चालन कति बेला गर्ने, सिफ्ट कसरी बनाउने भन्ने समस्या रहेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको औद्योगिक करिडोरमा धेरै उद्योग स्थापना छन् । उक्त करिडोरमा विद्युत समस्या रहेको छ । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरीले विद्युत अनियमित हुँदा यहाँ रहेका ठूला उद्योग मात्र नभइ मझौला एवं साना उद्योगहरुमा पनि समस्या रहेको बताए ।

‘विद्युत कति बेला जान्छ थाहा हुँदैन, लोडसेडिङ जस्तै गरी विद्युत गइरहेको छ’ अग्रहरीले भने । कुनै उद्योगमा विद्युत कटौती हुना साथ उत्पादन गर्दै गरेका सामग्रीहरु बिग्रने गर्छन, खासगरी खाद्य पेय पदार्थ डाइपर प्लास्टिकजन्य वस्तुलगायतमा यो समस्या रहेको उनको भनाइ छ । नवलपरासीमा रहेको एक डाइपर उद्योगमा एक पटक विद्युत जादा कम्तिमा २० हजार रुपैयाँ नोक्सानी हुने गरेको छ । सोही कारण तालिका सार्वजनिक गरेर विद्युत काटियोस भन्ने माग रहेको अग्रहरीको भनाइ छ ।आउने बिद्युत पनि गुणस्तरीय नभएकोे र ट्रिपिंग भैरहने उन्को भनाई छ ।

‘उद्योगहरु नचलेर बन्दका अवस्थामा छन्, त्यसमाथि अघोषित लोडसेडिङले समस्या थपेको छ । विद्युत नियमित नहुँदा अतिरिक्त समस्या थपिएको छ,’ चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलबस्तुका अध्यक्ष इश्वरी पाण्डेले भने । विद्युत कति बेला जान्छ थाहा हुँदैन । उद्योग चलिरहँदा उत्पादन भएका वस्तु बिग्रेर नोक्सानी हुने र कर्मचारी मजदुर कति बेला कसरी व्यवस्थापन गर्ने भन्ने समस्या देखिएको पाण्डे बताउँछन् । कपिलवस्तुको चन्द्रौटा कृष्णनगर औद्योगिक करिडोरमा सिमेन्ट, छड, प्लाइउड, मैदा, चामललगायतका दर्जनौं उद्योगहरु विद्युत अनियमित हुँदा पीडित भएका छन् ।

भैरहवा बुटवल औद्योगिक करिडोरमा रहेको यशोधा फुड्का सञ्चालक श्रवण बेरीवाल विद्युत अघोषित लोडसेडिङले समस्या आएको बताउँछन् । चाउचाउ जस्तो तयारी खाद्य वस्तु उत्पादन गर्दै आएको उद्योगमा उत्पादन भइरहँदा एक्कासि विद्युत जाँदा उत्पादन भइरहेका खाद्य बस्तु बिग्रने गरेको उनको भनाइ छ ।
बिहान बेलुका गरी ८ घण्टा विद्युत कटौती भइरहेको पञ्चकन्या स्टिल उद्योगका महाप्रबन्धक देबेन्द्र शाहुले बताए । ‘हामीले नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका प्रमुखलाई पनि भेट्यौं, हामीले होईन विद्युत भार बहन व्यवस्थापनका लागि माथिबाटै कटौती भएको जवाफ पाइयो,’ महाप्रबन्धक साहुले भने । अन्य समयमा पनि विद्युत गइरहन्छ, विशेष गरी स्टिल र प्लास्टिक उद्योगमा उत्पादन भइरहेको क्रममा विद्युत जादा उत्पादित वस्तुहरु बिग्रने भएकाले नोक्सानी बढ्ने गरेका र फेरि उद्योग सुचारु गर्न समय लाग्ने भएकाले समस्या आएको उनको भनाइ छ ।विद्युतका लागी वैकल्पिक व्यवस्था गर्न पनि समस्या रहेको साहुले बताए । २५ देखि ३० प्रतिशत क्षमतामा उद्योग चलेको छ, त्यसमाथि विद्युत समस्या अचाक्लि छ,’ उनले भने ।

रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुलीले विद्युतमा समस्या रहेको बताए । विद्युत अनियमित हुँदा थप समस्या सिर्जना भएको छ । उद्योगीहरुले विद्युतमा समस्या रहेको गुनासो बारम्बार गर्छन् । विद्युत अफिसले विद्युत लोड मिलाउन माथिबाटै काटिएको जवाफ दिन्छ ।प्लास्टिक उद्योगहरुमा विद्युतका कारण समस्या बढी हुन्छन् । उत्पादन हुँदा हुँदै विद्युत जादा प्लास्टिकका सामान बिग्रने मात्र नभइ ती उपकरण तात्नलाई कम्तीमा १ घण्टा लाग्ने भएकाले समस्या रहेको छ । समस्याको समाधनका लागि घोषित रुपमा लोडसेडिंग भएको घोषणा गर्दै तालिका सार्बजनिक हुनु पर्छ, पराजुलिले भने । बिद्युतको उस्तै समस्या बाके, दांग लगायतका जिल्लामा पनि छ । अन्य पहाडी जिल्लामा पनि समस्या उस्तै छ ।

लुम्बिनी प्रदेशमा बिद्युतको समस्याका बिषयमा जानकारी माग्दा नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय बुटवलका कार्यालय प्रमुख ईन्जिनियर हरी पाण्डेले बिद्युत उत्पादन कमी भएकोले गर्दा बिद्युत भार व्यवस्थापन मिलानका लागि बिद्युत कटौती भएको बताए । यो हामीले कटौती गरेको नभई केन्द्रको लोड डिस्प्याच सेन्टरका अनुसार कटौती हुने गरेको छ, हुने सबै माथिबाट हो, पाण्डेले भने ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?