• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

स्थलमार्ग हुँदै लुम्बिनी आउने पर्यटक बढे

Shree News Ok by Shree News Ok
२३ फाल्गुन २०८०, बुधबार ०९:१९
1 min read
40 1
38
SHARES
75
VIEWS

पर्यटक आगमन लुम्बिनीमा बढे पनि उनीहरूको बसाइ अवधि नबढ्दा लुम्बिनी भैरहवाका पर्यटन व्यवसायी भने खुसी छैनन्

श्रीन्यूज ओके रिपोर्टर।भैरहवा

स्थलमार्गको बेलहिया भैरहवा हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन् । यो नाका हुदै नेपाल प्रबेश गर्ने बिदेशीहरुको मुख्य  गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको हो।

बेलहियास्थित अध्यागमन कार्यालयका अनुसार फेब्रुअरीमा यो नाका हुँदै १४ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यसअघि सन् २०१९ को फेब्रुअरीमा सर्वाधिक २५ हजार पर्यटक यो नाका हुँदै आएका थिए। २०२० को फेब्रुअरीमा २३ हजार, २०२१ मा एक हजार, २०२२ मा ५६ तथा २०२३ को फेब्रुअरीमा १३ हजार पर्यटक चलहिया नाका हुँदै नेपाल भित्रिएको अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकारी पुकार श्रेष्ठले जानकारी दिए ।

अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी, फेब्रुअरी दुवै महिनामा पर्यटक आगमन बढेको श्रेष्ठले बताए। भारतीय पर्यटकहरूको तथ्यांक हामीहरूले राख्दैनौ, राहदानी लिएर प्रवेशाज्ञा लिएर जाने भारतीयहरूको मात्र तथ्यांक हामी सित हुन्छ। भिसा लिएर नेपाल प्रवेश गर्ने भारतीयको संख्या ७४ छ। तेश्रो मुलुकका पर्यटक बढेका छन्,   श्रेष्ठले भने ।श्रेष्ठका अनुसार नाका हुँदै जनवरी र फेब्रुअरी महिनामा सबैभन्दा बढी पर्यटक थाइल्याण्डबाट ८ हजार २३४ जना आएका थिए भने श्रीलंकाका ३ हजार ५३८, म्यान्मारका ३ हजार ९५४, दक्षिण कोरियाका १ हजार ५१२, भियतनामका १ हजार ८७ लगायत विभिन्न १२० भन्दा बढी मुलुकका पर्यटक रहेका छन् ।

यो नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो। लुम्बिनीपछि पोखरा, चितवन, काठमाडौं, मुस्ताङ, मनांड, पाल्पा पर्यटकहरूको रोजाइको गन्तव्य बन्ने गरेको छ।

लुम्बिनीमा ९१ हजार पर्यटक
बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्न जाने विदेशी, भारतीय र नेपाली पर्यटकको संख्या पनि बढ्दै गएको छ। लुम्बिनी विकास कोषका सूचना शाखाका कर्मचारी दिलिप कुलंगका अनुसार फेब्रुअरीमा आन्तरिक र बाह्य गरी ९१ हजार २८० पर्यटकले लुम्बिनीलाई आफ्नो गन्तब्य बनाएका छन् ।कुलंगका अनुसार फेब्रुअरीमा नेपाली ५० हजार ३९९ जना, भारतीय २० हजार ४८९ जना तथा विदेशी १४ हजार ४३८ जना पर्यटक लुम्बिनी आएका थिए । विदेशी पर्यटकमा सबैभन्दा बढी थाइल्याण्डका ३ हजार ९८१, श्रीलंकाका ३ हजार ८८, म्यान्मारका २ हजार ६९२, चिनियाँ ९ सय ५५, भियतनामी ८९८, दक्षिण कोरियन ४ २९ लगायत विभिन्न ६१ मुलुकका पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

आन्तरिक तथा बाहय पर्यटकहरूका लागि लुम्बिनीमा रहेको मायादेवी मन्दिर, अशोक स्तम्भ, पवित्र पुष्करणी कुण्ड, विश्व शान्ति द्धिप, ठूलो घन्ट, केन्द्रीय नहर, विभिन्न देशले बनाएका बिहार तथा चैत्यहरू आकर्षणका केन्द्र हुन् ।

पर्यटक आगमन लुम्बिनीमा बढे पनि उनीहरूको बसाइ अवधि नबढ्दा लुम्बिनी भैरहवाका पर्यटन व्यवसायी भने खुसी छैनन्।  यति संख्यामा पर्यटक आगमन भयो भन्ने सुन्छौं, पर्यटक आगमन बढेको छ, लुम्बिनी भित्र पनि पर्यटक धेरै देखिए‌का छन्। तर, बसाइ अवधि लुम्बिनीमा मुस्किलले एक दिन पनि हुँदैनु लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले भने ।

तथ्यांक अनुसार नेपाली, भारतीय र विदेशी गरी औषतमा दैनिक ३ हजार पर्यटक आएका छन् । लुम्बिनीका होटलमा ३ हजार पर्यटकलाई बास बसाउन सक्ने क्षमता छ । तर धेरै पर्यटक फर्कन्छन् । केही बास बस्छन । बास बस्ने विदेशी पर्यटक पनि धेरै लुम्बिनी भित्रकै बिहारहरूले बनाएका गेष्ट हाउसमा बस्ने हुँदा पर्यटन व्यवसायीले अपेक्षाकृत फाइदा लिन नसकेको ज्ञवालीले बताए।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?