श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं १ कालिदह नाकामा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी मोटरसाईकल र साइकलमा ओसारपसार गरी गोदाम तर्फ लै रहेको अवस्थामा १ सय ४० बोरा प्याज नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरिक्षक रन्जित सिंह राठौरका अनुसार बरामद प्याज तथा प्याज ल्याउन प्रयोग गरीएका ४ वटा मोटरसाईकल र ७ वटा साईकल समेत नियन्त्रणमा लिई आबश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय पठाईएको जनाएका छन् । नियन्त्रणमा लिईएको प्याज,मोटरसाईकल र साईकलको अनुमानित मुल्य ८ लाख १० हजार रुपैया रहेको छ ।
अबैध ब्यापार र चोरी तस्करीमा संलग्न जो कोहीलाई पनि प्रहरीले कडा कारबाही गर्ने प्रहरी उपरिक्षक राठौरको भनाई छ । भन्सार छलेर, अबैध रुपमा ल्याईएका कुनै पनि सामान खरीद गरी बिक्री नगर्न व्यवसायीलाई राठौरले आग्रह गरेका छन् ।
।
Get real time update about this post categories directly on your device, subscribe now.