श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ। सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा शान्ति र समृद्विलाई केन्द्रमा राखेर शुरू भएको हो । सम्मेलनको विहीबार साँझ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्दै लुम्बिनि बुद्व जन्मस्थल मात्रै नभई बौद्ध दर्शनको उद्गम भूमि रहेको बताए । उनले बुद्ध र लुम्बिनीलाई विश्वले अंगिकार गरि शान्ति स्थापनामा लाग्नुपर्ने बताए । लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभएर बुद्ध धर्मको मुहान पनि रहेको समेत उनले बताए ।
श्रेष्ठले नेपाल जटिल भूराजनीतिक चुनौतीहरूको बीचमा रहेको बताउँदै विश्वमा देखिएको द्वन्द्वलाई धुव्रिकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको समेत उनले बताए ।
शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको बताए । ‘शान्ति र समृद्विका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने । लुम्बिनि शान्तिको उद्गम थलोसंगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्व जन्माएको पवित्र स्थल रहेको बताए । उनले चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनि भ्रमण गरेको स्मरण गर्दै भगवान बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा व्याख्या गरे ।
कार्यक्रममा लुम्बिनि विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, पूर्वमन्त्री देवेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो । सम्मेलन शुभारम्भमा लुम्बिनी म्यूजियम ईनेसियिटिभका संस्थापक तथा कार्यकारी निर्देशक सुम्मिना उदासले प्रस्तुती राख्दै बुद्ध जन्मस्थल लुम्बिनी विश्वका शान्ति मार्गीहरूको आस्थाको केन्द्र भएको बताइन् ।
सम्मेलनमा बुद्विजम आर्ट ईन नेपलिज आर्टका प्रोफेर डा नरेश शाक्य, पदम ज्योतीले बोल्दै लुम्बिनिमा गैरआवासीय राजदुहरूलाई स्वागत गरे । सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूतहरु एकै पटक लुम्बिनीमा आएर बुद्व, शान्ति र समृद्विका बिषयमा छलफलमा सहभागी भएका छन् ।
सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी छन् ।
सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिने जनाइएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.