श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
अविर, केसरी लगायतका रंग उत्पादन स्वदेशमा नहुदा ति सामान आयातमा वार्षिक करोडौं रुपैयाँ भारततर्फ जाने गरेको छ। विभिन्न धार्मिक पर्व, घर मन्दिरमा नित्य पूजा गर्दा दैनिक प्रयोग हुने र त्यो भन्दा पनि बढी होली पर्वमा प्रयोग हुने अबिरलगायतका रंगको आयात गर्दा वार्षिक करोडौं रुपैयाँ भारततर्फ जाने गरेको हो।
अविरलगायत अन्य रंग र होलीमा प्रयोग हुने पिचकारी बेलुनलगायतका सामान भारतबाट आयात हुने गरेको छ । तीमध्ये अधिकांस सामान अहिले चीनमा पनि उत्पादन हुन थालेक छन्। चीनवाट भारत हुँदै नेपाली उपभोक्ता माझ यस्ता सामान आउने गरेका छन् ।
विशेष गरी कुनै एक सिजनमा मात्र अत्यधिक विक्री हुने भएका कारण नेपालमा अविरलगायत केसरी र अन्य विभिन्न रडका धुलोहरूको उत्पादन हुने गरेको छैन। सोही कारण होलीको रंगमा पनि भारतकै भर पर्नु परेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।
नेपालमा योसँग सम्बन्धी उद्योगहरू छैनन्। त्यसैले धार्मिक तथा फागु पर्वका लागी मात्रै वार्षिक करोडौं रुपैयाँको अविरहरू भारतबाट आयात हुने गरेको श्रेष्ठको भनाइ छ। नेपालमा होलीमा प्रयोग हुने सामग्रीहरू यहाँ नबन्ने भएकाले सबै विदेशी सामग्रीमा भर पर्नु परेको छ।
भैरहवा मैत्रीपधमा विगत २५ वर्षदेखि होलीका लागी अविरलगायत विभिन्न सामग्री विक्री गर्दै आएका शम्भु नाथ केसरवानीका अनुसार सबै सामान भारतबाट आउने गरेको छ। अविरलगायत विभिन्न रंगहरु पिचकारी, बेलुन सबै भारतबाट आयात हुँदै आएका छन् । बजारमा भारतीय तथा पिचकारीको मूल्य ५० रुपैयाँदेखि १ हजार बढीसम्मका छन्।
नेपालमा अबिर, केसरी, पिचकारी, बेलुनको उत्पादन नहुने भएकाले भारतबाट आयात गर्नु पर्ने बाध्यता नेपाली व्यापारीहरूमा रहेको छ। अबिर, केसरीलगायत अन्य रंगहरुको माग नेपालमा चाडपर्व र होलीका समयमा मात्र हुने गरेको छ । नेपालमा यी सामग्रीहरू नपाइने हुँदा भारतवाट आयात गरी नेपालमा विक्री हुने गरेको छ। प्राय व्यवसायीहरूले दिल्लीबाट अविरलगायतका सामग्री ल्याएर विक्री गर्ने गरेका छन् ।
पिचकारी, अविर, रंग लगायतका वस्तुहरू होली पुर्णिमाका साथै धार्मिक पर्वहरुमा धेरै प्रयोग हुने भएकाले एक सिजनमा मात्र चल्ने व्यापारका लागी उद्योगीहरू अविरलगायतका गहरु उत्पादन गर्ने उद्योग खोल्न इच्छुक नदेखिएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । एक सिजन, त्यसमा पनि दुई तीन दिन मात्र बढी खपत हुने सामान उत्पादन गरी अहिलेको समयमा जोखिम मोल्न उद्योगीहरूले नचाहेकाले यो उद्योगमा आकर्षण कम भएको छ।
Get real time update about this post categories directly on your device, subscribe now.