श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
नेपालमा यातायातका लागि लोकप्रिय रहेको कम्पनी पठाओले भैरहवामा पनि सेवा विस्तार गर्ने भएको छ । राइड सेयरिङ व्यवसायमा नेपालमा निकै लोकप्रिय रहेको यो सेवा अहिले सम्म काठमाण्डौ उपत्यका र चितवनमा मात्र उपलब्ध हुदै आएकोमा भैरहवा सहित देशभरका १७ शहरमा सेवा विस्तार गर्न थालेको हो । अब यो सेवा भैरहवा संगै बुटवल लगायतका सहरमा उपलब्ध हुनेछ ।
कम्पनिको सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा अन्य सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।पठाओको सेवा अब भैरहवा, बुटवल सहित विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुर, वीरगञ्ज ,जनकपुर,हेटौँडा, पोखरा, नेपालगञ्ज र भैरहवा तथा धनगढीमा पठाओको सेवा बिस्तार हुन लागेको हो ।
‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेको र सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको कम्पनिले जनाएको छ ।‘राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजात सहित आबद्धताका लागि आवेदन दिन सक्नेछन । बाइक राइडर बन्न इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा फोन नम्ब।र ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्ने बताईएको छ । राइडर बन्न इच्छुकले कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइने बताईएको छ । राइडर बन्नेहरूले प्ले स्टोरबाट पठाओ ड्राइभ एप डाउनलोड गर्नुपर्ने हुन्छ ।
हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी व्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेको कम्पनिले जनाएको छ ।पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.